चौविसै घण्टा बलिरहन्छन् सडकबत्ती

चौविसै घण्टा बलिरहन्छन् सडकबत्ती

जनकपुरधाम : जनकपुर सहरमा वर्षौंपहिले गाडिएका बिजुलीका पोल खिया लागेर ढल्ने अवस्थामा छन्। कतिपय जरा नै खियाले समाप्त भइसकेका पोलमा अहिले पनि लिड बल्ब झुन्ड्याइएका छन्। यी बल्ब कहिल्यै निभ्दैनन्। राति होस् वा दिनमा चौविसै घण्टा बलिरहन्छन्।

जनकपुर विद्युत् प्राधिकरणका उप–प्रबन्धक सूर्यनारायण मण्डलले विद्युत् प्रवाह गर्ने प्राधिकरणको जिम्मेवारी भए पनि सडक बत्तीको जिम्मेवारी सम्बन्धीत क्षेत्रका स्थानीय तहमै हुने बताउँछन्।

स्थानीय तहले चासो नदिँदा सडकका पोलामा राखिएका बत्ती सँधै बलिरहेका हुन्छन्। जानकी मन्दिर, रेल्वे स्टेसन, भानुचोक, रामानन्द चोक लगायत दर्जनौं क्षेत्रमा दिनभर बिजुली बलिरहन्छ। बिजुलीको पोलमा बल्व लगाउँदा उप–महानगरपालिकाले प्राधिकरणसँग सँग कुनै समन्वय नगरेको उनले बताए।

‘पोलमा कसले बल्ब झुन्डयाएको हो, हामीलाई थाहै हुँदैन। दर्जनौं स्थानमा स्वीच लगाउन अनुरोध गरे पनि कसैले टेरेको पाइँदैन’ उनले भने। लाइन गएको बेलाबाहेक अन्य समयमा सडकबत्ती बलिरहने स्थानीय युवा सुशिल कर्ण बताउँछन्। ‘बत्ती निभाउन प्राधिकरणमा फोन गरिहन्छौं। तर कसैले वास्ता गर्दैननन्’ उनले थपे। यसबारे प्राधिकरणको केन्द्र क्षेत्रीय कार्यालय र वितरण केन्द्रलाई थाहा हुँदाहुँदैसमेत वेवास्ता गर्ने गरेको स्थानीय बताउँछन्।

नगरपालिका, प्राधिकरण र क्षेत्रीय कार्यालय वा वितरण केन्द्रका प्रमुखले चाहेमा यस्ता निरन्तर बलिरहने बत्तीका लागि स्वीचको व्यवस्थापन गर्नसक्ने स्थानीय विन्देश्वर पण्डितले बताए। ‘प्राधिकरण कर्मचारीले नगरपालिकाबाट लिन्छन् तर विद्युत्को सदुपयोग भइरहेको छ वा छैन भनेर अनुगमन गरेको पाइँदैन’ उनले भने। गत आर्थिक वर्ष २०७४÷०७५ मा धनुषामा विद्युत् चुहावट ३९ प्रतिशतबाट घटेर ३२ प्रतिशतमा झरेको जनकपुर विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालयले जनाएको छ।

नागरिकले १८ घण्टासम्म लोडसेडिङको मार खेप्नुपरेको बेला चुहावट बढाउन भूमिका खेलेको भन्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ जंगिए। देशैभरका कर्मचारी सरुवा गरेर सक्षम, योग्य व्यक्ति उचित ठाउँमा पठाएको दाबी गर्दै आए पनि यहाँ उनकै कर्मचारीले गरेको काम र परिणामबारे अनुगमन गर्न भ्याएका छैनन्। दिनभरी सडक बत्ती बल्नुको कारणबारे वितरण केन्द्रका प्रमुख सूर्यनारायण मण्डलले नगरपालिकाको क्षेत्राधिकारमा पर्ने बताउँदै पन्छिए। ‘सबै काम नगरपालिकाले हेर्छ, जति बत्ती बाले पनि हामीले त्यसको महसुल उठाएका छौं’ उनले भने।

२०७३/०७४ सम्मको विद्युत् महशुल अर्थ मन्त्रालयमार्फत प्राधिकरणले मिटर नराखि बिलिङ हुने प्रक्रियामार्फत महशुल भुक्तान उनले जानकारी दिए। तर त्यसयता दुई वर्षको महशुल नगरपालिकाले बुझाउन बाँकी नै छ। मुज्जफरपुर ढल्केवर प्रसारण लाईनबाट ३३ केभीबाट २०० मेगावाट विद्युत् आयात गर्दै आएको छ। जसमध्ये जनकपुरधाम क्षेत्रमा २० मेगावाट खपत भइरहेको ढल्केवर सव–स्टेसनका प्रमुख रितेश गुप्ताले बताए।

जनकपुरधाम उप–महानगरपालिकाकी उप–प्रमुख रिता मिश्रले बल्बसँगै स्वीच लगाउने प्रक्रिया अघि बढेको जानकारी दिइन्। उनले एक महिनादेखि नै बल्ब लागेको पोलमा स्वीच जडानको काम भइरहेको बताइन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.