क्षुद्रग्रहबाट पृथ्वीलाई ठूलो खतरा

क्षुद्रग्रहबाट पृथ्वीलाई ठूलो खतरा

भाइबहिनी हो, तिमीहरूले क्षुद्रग्रह (एस्टेरोयड) को बारेमा सुनेका छौं ?  क्षुद्रग्रहहरू ब्रह्माण्डमा हुन्छन्। यिनीहरू एकदमै ठूलो आकारका हुन्छन्। क्षुद्रग्रहहरू बेलाबेलामा पृथ्वीको नजिकबाट आउने गर्छन्।

यस्ता क्षुद्रग्रह पृथ्वीको जति जति नजिक आउँछन् त्यति त्यति डर उत्पन्न हुन्छ किनभने यो पृथ्वीमा ठोकियो भने सारा पृथ्वी नै ध्वस्त पारिदिन सक्छ। त्यसैले यसबाट सचेत रहन वैज्ञानिकहरूले विभिन्न प्रयास गरिरहेका हुन्छन्। अहिले नासाका वैज्ञानिकहरूले ‘गड अफ चाओस’ नामक क्षुद्रग्रह पृथ्वीको नजिक आइरहेको आशंका गरेका छन्। त्यसैले वैज्ञानिकहरू यसलाई पृथ्वीसँग ठोक्किनबाट कसरी जोगाउने भन्ने तयारीमा जुटेका छन्।

कस्तो छ ‘गड अफ चाओस’ क्षुद्रग्रह ?

जहाँबाट ‘गड अफ चाओस’ नामक क्षुद्रग्रह पृथ्वीको नजिक आउने आशंका गरिएको छ, त्यो बाटोमा नासाको सेटेलाइट्स राखिएको छ। त्यसकै माध्यमबाट वैज्ञानिकहरू यसको प्रत्येक अवस्था बारे जानकारी लिइरहेका छन्। यो क्षुद्रग्रहको आकार ३४० मिटर छ। अर्थात् करिब ‘आइफिल टावर जत्रै’। यसको वैज्ञानिक नाम ‘९९९४२ एपोफीस’ हो। यसको उपनाम हो – ‘गड अफ चाओस’। यो नाम इजिप्टियन सभ्यताबाट लिइएको हो।

के यो पृथ्वीसँग ठोकिएला ?

‘गड अफ चाओस’ नामक यो क्षुद्रग्रह करिव १० वर्षपछि पृथ्वीसँग नजिक भएर जाने कुरा नासाका वैज्ञानिकहरूले बताएका छन्। उनीहरूका अनुसार अहिले यो एस्टेरायड पृथ्वीभन्दा निकै टाढा छ। त्यसैले पृथ्वीसँग ठोक्किने सम्भावना करिब २.७ प्रतिशत मात्र छ। कारणवश यो पृथ्वीसँग ठोक्किहाल्यो भने पृथ्वीभरि एक माइल चौडाइ र ५०० मिटर गहिरो खाल्डो बनाउनेछ।

वैज्ञानिकहरूले यो पनि दाबी गरेका छन् कि १० वर्ष पछि यो पृथ्वीको नजिकबाट आउन थालेमा त्यतिबेलाको मौसम र अन्तरिक्षमा विभिन्न खालका परिवर्तन देखा पर्नेछन्। पृथ्वीसँग ठोक्किएमा यसको प्रभाव ८८० मिलियन टन जत्तिको हुने वैज्ञानिक बताउँछन्। यसको क्षति जापानकोे हिरोसिमा क्षेत्रमा खसालेको परमाणु बमभन्दा ६५ हजार गुणा शक्तिशाली हुन सक्ने सम्भावना छ। यस्तो भए पृथ्वीमा धेरै ठूलो नोक्सान हुन सक्छ। त्यसैले नासा एकदमै सतर्कतापूर्वक यस बारेमा काम गरिरहेको छ।

वैज्ञानिकका लागि कत्तिको चुनौती छ ?       

क्यालिफोर्नियामा नासाले यस विषयमा काम गरिरहेको छ। नासाका वैज्ञानिक मारियाना ब्रोजोविकले यो काम निकै चुनौतीपूर्ण रहेको बताएका छन्। उनले भनेका छन् ‘सन् २०१९ मा साँच्चै नै यो क्षुद्रग्रह पृथ्वीको नजिकबाट गुज्रियो भने विज्ञानले यसबारे केयौं काम गर्ने मौका पाउनेछ। जुन आजसम्मको नयाँ काम हुनेछ।’ यो वैज्ञानिकहरूका लागि डराउनुभन्दा उत्साहित हुने विषय रहेको उनले बताए।

(एजेन्सीको सहयोगमा)
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.