सेती नदीमा पुल निर्माण : पाँच वर्षमा १० प्रतिशत काम

सेती नदीमा पुल निर्माण : पाँच वर्षमा १० प्रतिशत काम

डोटी : सेती नदीमा निर्माणाधिन पक्‍की पुलको निर्माण अवधि सकिदा १० प्रतिशत मात्र काम पूरा भएको छ । डोटीको शिखर नगरपालिका बानेडुग्रीसैनमा करोडौंको लगानीमा बनिरहेको 'सेती नदी पुल' को निर्माण सम्झौताको मिति दुई पटक सकिएको भएपनि काम भने शून्यजस्तै देखिएको छ । सम्झौता भएको पाँच वर्ष पुग्दा समेत १० प्रतिशत मात्र काम भएको हो ।

२०७१ असार २९ गते सम्झौता भएको उक्त पुलको निर्माण सम्झौताको समय २०७४ असार २९ गते नै सकिएको थियो । २०७५ असार १४ गते पुल निर्माणको म्याद थप भएको भएपनि २०७५ मंसिर ५ गते नै सो को म्याद सकिएको थियो । त्यसपछि भने म्याद थप भएको छैन।

परशुराम नगरपालिकाका मेयर भीमबहादुर साउद संचालक रहेको पप्पु राजेन्द्र जेभी निर्माण कम्पनीले पुलको निर्माण कार्यको जिम्मा लिएको थियो । अहिलेसम्म भने नदीको वारी र पारीका दुईवटा पिल्लर समेत पूर्ण रुपमा निर्माण भएका छैनन् । बीचका सातवटा पिल्लरको निर्माण कार्य सुरु नै गरेको छैन।

तीन सय ३९ मिटर लम्बाई र साढे सात मिटर चौडाई रहने उक्त पुल निर्माण सम्झौताको भ्याटसहितको रकम २६ करोड २० लाख ८८ हजार चार सय (भ्याट बाहेक २३ करोड २० लाख ६३ हजार दुई सय) रुपैयाँ रहेको सडक डिभिजन कार्यालय कुलपाते डोटीले जानकारी दिएको छ ।

पुलको निर्माण सम्झौताको समय २०७५ मंसिर ५ गते नै सकिएको भएपनि अझैं म्याद थप भएको छैन । म्याद थपको लागि फाइल अगाडि बढिसकेको भएपनि विविध कारणले फाइल फिर्ता आएको सडक डिभिजनले जनाएको छ।

'कार्य अवधि थपका लागि फाइल तयार पारी माथि पेश भएको थियो, सेती नदी पुल निर्माण योजना हेर्ने सडक डिभिजनका इन्जिनियर वीरेन्द्रबहादुर चन्दले भने, 'संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतले फाइल अपुरो भएको भन्दै फिर्ता पठाएको छ।'

उनले ठेकेदारको कमिकमजोरी र काममा प्राविधिक समस्या आएकाले काममा ढिलाइ हुन गएको बताए। 'बीचका पिल्लरको मुनि २२ मिटर तलसम्म पाइल फाउण्डेशन बनाउनुपर्ने हुन्छ,' इन्जिनियर चन्दले भने, 'तल रक लागेका कारण डिएमसी मेसिनले फुटाल्न नसक्दा रक फुटाल्नको लागि ठेकेदारले बोरपाइल कटर मेसिन ल्याएका छन्। उक्त मेसिनले नदीमा पानी कम हुने बित्तिकै काम सूचारु हुन्छ।'

रक नलागेको भए अहिलेसम्म काम धेरै अगाडि बढीसक्थ्यो चन्दले भने। 'इटालीबाट करिब ६ करोडमा मेसिन ल्याइसकेका छौं,' पप्पु राजेन्द्र जेभी निर्माण कम्पनीका प्रमुख कार्यकारी अधिकृत रोशन भट्टले भने, 'नदीमा पानी कम भयो भने काम द्रूत गतिमा अगाडि बढ्छ।' ठूलै प्राविधिक समस्या आएर मात्र काममा ढीलाई भएको भट्टले बताए ।उनले म्याद थपको लागि प्रक्रिया अगाडि बढिसकेको समेत बताए ।

शिखर नगरपालिकाको वडा नम्बर ११ बारपाटालाई जोड्नका लागि उक्त पुलको निर्माण हुन थालिएको हो । पुल निर्माण पश्चात डोटी र बैतडीको ढुंगाड क्षेत्रलाई समेत जोड्नेछ। पुल निर्माण पछि सडक सञ्जालले नछोएको साबिकको बारपाटा गाविस (हाल शिखर नगरपालिकाको वडा नम्बर ११) सडक सञ्जालमा समाहित हुने देखिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.