भारतमा दुई नेपाली कामदारको मृत्यु

भारतमा दुई नेपाली कामदारको मृत्यु

नयाँ दिल्ली : रोजगारीको सिलसिलामा भारतको पंजाब राज्यस्थित भटिन्डा सहर पुगेका दुई नेपालीको सडक दुर्घटनामा परेर मृत्यु भएको छ ।

बिहीबार राति करीब १० बजेतिर भएको दुर्घटनामा परेका उनीहरुको स्थानिय सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा अर्घाखाँची जिल्ला पाणिनी गाविस ३ का ३५ वर्षीय किशन बहादुर र सितगंगा नगरपालिकाका ३२ वर्षीय विष्णु बहादुर रहेको अखिल भारतीय नेपाली एकता मञ्चका पंजाब सदस्य गोपाल रेश्मीले जानकारी गराएका छन् ।

मोटरसाइकलमा सवार दुई युवाहरु भटिण्डाबाट मण्डी चौपायातर्फ फर्किँदै गर्दा दुर्घटनामा परेका थिए । स्थानीय पेट्रोल पम्पमा साढे नौ बजे उनीहरु पेट्रोल भराएर निस्किएपछि दुर्घटनामा परेको पम्पका कर्मचारीले दिएको जानकारी उद्धृत गर्दै रेश्मीले भने । दुर्घटनापछि स्थानीय ‘जनसेवा सारा’भन्ने एक संस्थाका स्वंयसेवीहरुले उनीहरुलाई अस्पताल पुर्‍याएका थिए ।

मृतकमध्ये एक स्थानीय होटलमा र अर्का ढावामा कुकको काम गर्ने गरेको बुझिएको छ । उनीहरुको शव अहिले स्थानीय अस्पतालमै राखिएको छ । आफन्त आएपछि मात्रै पोष्टमार्टम गर्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.