मेक्सिकोमा मन्त्रीका कारण ३८ मिनेट 'फ्लाइट डिले' हुँदा माफी माग्दै राजीनामा !

मेक्सिकोमा मन्त्रीका कारण ३८ मिनेट 'फ्लाइट डिले' हुँदा माफी माग्दै राजीनामा !

मेक्सिको सिटी : पर्यटनमन्त्री योगेश भट्टराईका कारण उड्न तयारी अवस्थामा रहेको जहाज ढिलो भएपछि जहाजभित्रै उनको विरुद्धमा नारावाजी भयो ।

अहिले सामाजिक सञ्जालमा योगेशको पक्षमा र विपक्षमा टिकाटिप्पणी हुँदैछ । यस्तैमा योगेशको व्यवहारबाट असन्तुष्टहरुले सामाजिक सञ्जालमा एउटा विदेशी समाचारलाई भाइरल नै बनाएका छन् ।

मेक्सिकोमा केही महिनाअघि मात्रै यस्तै किसिमको घटना भएको रहेछ । जोसेफा गोन्जालेज नाम गरेकी वातावरणमन्त्रीका कारण जहाज उड्न ३८ मिनेट ढिलो हुँदा उनले राजीनामा नै दिइन् ।

जनतामा लोकप्रिय मानिएकी गोन्जालेजबाटै लापरवाही भएपछि अन्ततः राजीनामा दिन बाध्य भएकी थिइन् । यसबारे द गार्जियन लगायत अन्तर्राष्ट्रिय मिडियाले समाचार बनाएका छन् ।

खासमा जोसेफा मेक्सिको सिटीबाट मेक्सिकलीतर्फ उडने तयारीमा थिइन् । तर उनले ३८ मिनेट ढिलो गर्दा अरु धेरै यात्रुलाई समस्या परेपछि उनले आत्मालोचना गरेकी थिइन् । यतिसम्म कि, सरकारबाटै ‘आत्माग्लानीको अवस्था’ भन्दै उनको गल्ती औंल्याइएको थियो । जहाज डिले भएकोबारे एक यात्रुले ट्वीटरमा समेत सार्वजनिक गरेका थिए ।

‘एरोमेक्सिको फ्लाइट’को त्यो उडान डिले भएपछि ती यात्रुले एकजनाका कारण १ सय ९८ जनाको उडानमा असर परेको भन्दै टिप्पणी गरेका थिए । यस्तो घटनापछि मन्त्रीले राजीनामा पत्र लेख्नै माफी समेत मागेकी थिइन् ।

मेक्सिकन आम जीवनमा आफ्नो कारणले असर पुगेको भन्दै उनले माफी मागेकी थिइन् । उनले लेखेकी थिइन्, ‘प्रमाण देखाइरहनु जरुरी छैन । मेक्सिकोको सही रुपान्तरणका लागि स्थायीत्व, वास्तविकताको मुल्य र न्याय आवस्यक हुन्छ ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.