नगरपालिकालाई पाँच रुपैयाँ

नगरपालिकालाई पाँच रुपैयाँ

राजविराज : राष्ट्रिय बाल दिवस मनाउन सप्तरीको राजविराजमा भेला भएका बालबालिकाले राजविराज नगरपालिकाका प्रमुख र उपप्रमुखलाई पाँच रुपैयाँ सहयोग गरेका छन्। बाल दिवस मनाउने आश्वासन दिएको नगरपालिकाले कुनै कार्यक्रम नगरेपछि भेला भएका बालबालिकाहरूले बाल दिवस मनाउन व्यङयात्मक शैलीमा पाँच रुपैयाँ प्रदान गरेका हुन्।

जिल्ला बाल सञ्जाल, नगर स्तरीय बाल सञ्जाल तथा बाल अधिकारका लागि राष्ट्रिय अभियान नेपालको नेतृत्वमा स्थानीय महादेव मन्दिरको प्रांगणबाट निकालिएको र्‍याली चर्को नाराबाजी गर्दै नगरपालिका पुगेर प्रमुख शम्भुप्रसाद यादव र उपप्रमुख साधना झालाई ज्ञापनपत्रसहित पाँच रुपैयाँ दिएको जिल्ला बाल सञ्जालका अध्यक्ष बरदान श्रेष्ठले बताए।

मुलुकभर विविध कार्यक्रमका साथ बाल दिवस मनाइरहँदा राजविराज नगरपालिकाले कुनै कार्यक्रम नगरेको भन्दै बालबालिकाहरुले र्‍यालीसहित विरोध गरे। बालबालिकाका लागि महत्वपूर्ण दिनका रुपमा रहेको बाल दिवसलाई महत्व नदिएकोमा आपत्ति जनाउँदै श्रेष्ठले बालबालिकाको क्षेत्रमा दातृ संस्थामार्फत आउने रकमसमेत पारदर्शी नभएकोले हरहिसाब सार्वजनिक गर्न माग गरे।

बालअधिकारका लागि राष्ट्रिय अभियानका सहसंयोजक सौरभ यादवले नगरपालिकाको अवस्था, पदाधिकारी र कर्मचारीहरूको रवैयाको आलोचना गरे। एक सातादेखि नगरपालिकाको सामाजिक विकास शाखामा बाल दिवस मनाउन बाल सञ्जालले पटक–पटक आग्रह गरे पनि वेवास्ता गरेको जिल्ला बाल सञ्जालका अध्यक्ष श्रेष्ठले गुनासो गरे। नगर प्रमुख यादवले आफूलाई बाल दिवसबारे जानकारी नभएको र सामाजिक विकास शाखालेसमेत ध्यानाकर्षण नगराएको भन्दै पञ्छिए। दिवसबारे सहयोग माग्दै बालबालिकाहरु आएको विषयबारे आफूलाई सामाजिक विकास अधिकृतले जानकारी नै नदिएको बताउँदै संविधान दिवसमा बाल दिवस मनाउने प्रतिबद्धता व्यक्त गरे।

बालबालिकाका लागि नगरपालिका र प्रत्येक वडा कार्यालयले बजेट छुट््याएको जानकारी दिँदै सामाजिक विकास अधिकृत मनोजकुमार यादवले कार्य व्यस्तता र मौसम प्रतिकूल भएकाले बाल दिवसमा कार्यक्रम गर्न नसकिएको बताए। अन्य स्थानीय तह, विद्यालय स्तरीय बाल क्लब र गैरसरकारी संस्थाले विभिन्न प्रतियोगिता, खेलकुद गतिविधी र र्‍याली गर्दै बाल दिवस मनाए पनि सदरमुकाम रहेको राजविराज नगरपालिकाले बाल दिवसलाई महत्व नदिएकोमा अधिकारकर्मीहरुलेसमेत आलोचना गरेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.