तीन हजार वर्ष पुरानो तरबार भेटियो

तीन हजार वर्ष पुरानो तरबार भेटियो

मायोर्का : स्पेनको मायोर्का टापूमा बिदा मनाउन संसारभरिकै मान्छे पुग्ने गर्छन् । यही टापूमा पुरातत्वविद्हरूले ३२ सय वर्ष पुरानो तरबार फेला पारेका छन् । समुद्री किनारका लागि प्रसिद्ध मायोर्कामा कांस्य युगको तरबार भेटिएको हो । 

स्थानीय भाषामा तालायोत भनिने विशाल चट्टाननजिक तीन हजार वर्ष पुरानो तरबार भेटिएको थियो । 

पुरातत्वविद्को एउटा समूह संग्रहालय खोल्नका लागि ठाउँ हेर्न मायोर्का पुगेको थियो । दुई जना पुरातत्वविद्ले एउटा वस्तु जमिन छेडेर निक्लिएको देखे । होसियारीपूर्वक खोतलेर हेर्दा उनीहरूले तरबार फेला पारे । 

‘यो विशाल आश्चर्य हो,’ पुरातत्वविद् हाउमे देयाले भने, ‘यो क्षेत्रलाई उहिले नै उत्खनन गरिसकिएको थियो । यहाँ त्यस्तो महत्वपूर्ण केही चिज पाइएला भन्ने अपेक्षा नै थिएन । तर, तीन हजार वर्ष पुरानो तरबार, त्यो पनि सही सलामत, पाइयो ।’ 

तरबारको टुप्पो भाँच्चिएको छ । अन्यथा, यो राम्रै अवस्थामा छ । पुरातत्वविद्हरूले यो तरबार त्यतिबेला कुनै सम्भ्रान्त परिवारले ढुंगे स्मारकमा चढाएको हुन सक्ने बताए । 
हजारौँ वर्ष पुरानो तालायोती सभ्यतासँग सम्बन्ध राख्ने यस्ता तरबार अहिलेसम्म १० वटाजति भेट्टाइएका छन् । यो तरबारलाई संग्रहालयमा प्रदर्शनार्थ राखिने बताइएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.