अमेरिकी गुप्तचरमा डल्फिन

अमेरिकी गुप्तचरमा डल्फिन

सन् १९४७ देखि सन् १९९१ सम्म शीतयुद्ध चलेको थियो। तत्कालीन सोभियत संघ र अमेरिकाबीचको भूराजनीतिक तनावमा सिंगो संसार नै यी दुई देशका खेमामा बाँडिएका थिए। सोभियत संघको जासुसी गर्नका लागि अमेरिकी गुप्तचर संस्था सीआईएले विभिन्न उपाय अवलम्बन गरेको थियो। पक्षी र जनावरलाई पनि जासुसीमा प्रयोग गर्नका निम्ति प्रशिक्षण दिएको थियो। हालसालै सीआईएले बिरालो, कुकुर, परेवा, काग, डल्फिन आदि जीवजन्तुमा शीतयुद्धताका गरिएका विभिन्न परीक्षणबारे दर्जनौँ फाइल सार्वजनिक गरेको छ। 

सीआईएले बिरालोको शरीरभित्र अडियो डिभाइस राखेर परीक्षण गरेको थियो भने कुकुरको दिमागमा इलेक्ट्रिकल यन्त्र राखेर यसलाई रिमोट कन्ट्रोलले नियन्त्रण गर्न सकिन्छ कि सकिँदैन भनेर परीक्षण गरेको थियो। उसले डल्फिनलाई जासुसीका लागि प्रयोग गर्न प्रशिक्षण दिएको थियो। मानव गोताखोरको सट्टा डल्फिनलाई प्रयोग गरेर शत्रु पक्षलाई हानि पु¥याउनेबारे अध्ययन गरिएको थियो। तर, जीवजन्तुलाई जासुसीमा प्रयोग गर्ने सीआईएको योजना त्यति सफल भएन। अधिकांश योजना बीचमै त्यागिएका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.