तरकारी बोकेको गाडी दुर्घटना : एकको मृत्यु, ६ घाइते
दाङ : सल्यानको कपुरकोटमा तरकारी बोकेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। किमिचौरबाट कपुरकोट बजारमा शुक्रबार लाग्ने हाटबजारका लागि तरकारी लिएर आउँदै गरेको लु १ च ४१५३ नम्बरको पिकप राति १२:४५ बजे दुर्घटना भएको सल्यान प्रहरी प्रमुख ढ्केन्द्र खतिवडाले जानकारी दिए।
दुर्घटनामा स्थानीय ६७ वर्षीय कर्मी पुनको मृत्यु भएको खतिवडाले बताए। दुर्घटनामा घाइते भएका ६ जनाको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचार भइरहेको छ। गाडी सडकबाट २५ मिटर तल खसेको छ।