माइटले टोक्ला है ...

माइटले टोक्ला है ...

भाइबहिनीहरू,

घरभित्र मुसा देखेका छौ होला। त्यस्तै खेल्ने क्रममा खेतबारी वा जंगलमा पनि मुसा देखेको छौ भने मुसाको बासस्थान नजिक नजाऊ है। मुसामा हुने कीरा (माइट) को टोकाइबाट स्क्रब टाइफस रोग लाग्छ।

स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। डा. अनुप बाँस्तोलाका अनुसार प्रायजसो घरभित्र वा घरबाहिरको झाडी, खेतबारी, घुरान हुने ठाउँमा माइट पाइन्छ। मुसामा लाग्ने किर्नाजस्तो देखिने कीरा नै माइट हो। यही माइटको टोकाइबाट स्क्रब टाइफस मानिसमा पनि सर्छ। माइटले टोकेको ठाउँमा सुरुमा रातो डाबरजस्तो दाग देखिने डा. बाँस्तोलाको भनाइ छ। केही दिनपछि टोकेको ठाउँमा कालो दाग देखिन्छ।

तीन महिनादेखि मुलुकका ६१ वटा जिल्लामा माइटले टोकेका बिरामीहरू भेटिएका छन्। काठमाडौं, भक्तपुर र ललितपुरमा पनि माइटले टोकेपछि बिरामीहरू उपचार गराएर सञ्चो भई घर फर्किएका छन। काठमाडौंमा २६ जनालाई माइटले टोकेको थियो। ललितपुर जिल्लामा ११ जना र भक्तपुरमा ३ जनालाई माइटले टोकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले बताए। पछिल्लो दुई महिनाको अवधिमा मुलुकका विभिन्न जिल्लामा गरी ६ सय ९५ जनालाई माइटले टोकेको थियो।

लक्षण

धेरै ज्वरो आउने

धेरै टाउको दुख्ने

पसिना धेरै आउने

आँखा रातो हुने

झाडापखाला लाग्ने

शरीरका मुख्य अंगले विस्तारै काम गर्न छोड्ने

श्वास फेर्न गाह्रो हुने

सिकिस्त हुने

जोगिने उपाय

· खेतबारीमा चंगा उडाउन जाँदा होसियारी अपनाउने

· वनजंगल झाडीमा जाँदा पूरा शरीर ढाक्ने कपडा लगाउने

· चौरमा बस्दा गुन्द्री वा दरी बिछ्याएर बस्ने

· खाट, पलंग वा अग्लो स्थानमा सुत्ने, बस्ने

· खेतबारी वा चउरमा नजाने

· घरवरिपरि झाडी वा बुट्ट्यान बढ्न नदिने

· घरभित्र अन्न राख्ने ठाउँमा मुसा नियन्त्रण गर्ने

· मुसाको वृद्धि हुने विकासको वातावरण सिर्जना नगर्ने

स्क्रब टाइफस लागेको शंका हुनेबित्तिकै उपचारको लागि तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा उपचारका लागि जानुपर्छ। औषधि सेवनपछि यो रोग निको हुन्छ। उपचारमा ढिलाइ गर्ने वा हेलचेक्र्याइँ गर्ने हो भने रोगले जटिल अवस्थामा पुगेर ज्यानसमेत जान सक्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.