इम्मी र म्याक्सको ड्रयागन साथी

इम्मी र म्याक्सको ड्रयागन साथी

ड्र्यागन टेल्स प्रिस्कुलका बालबालिकाको लागि काल्पनिक टेलिभिजन सिरिज हो। यो कार्टुन जिम कोएन र रोन रोडेकरले बनाएका हुन्। यो कार्टुनको कथा दुई सामान्य बालबालिका इम्मी, म्याक्स र उनीहरूको ड्र्यागन साथी ओर्ड, क्यासि, जक, ह्विजी र क्विटजलमा आधारित छ।

यो कार्टुन सन् १९९९ देखि पीबीएस किड्समा प्रसारण हुन थालेको थियो। सन् २००५ मा यसको अन्तिम एपिसोड प्रसारित भएको थियो। यो कार्टुनको प्रसारणको समयावधि ३० मिनेट छ। यसमा तीन सिजन र ९३ एपिसोड छन्।

इम्मी र म्याक्स एक ड्र्यागनको कब्जामा छन्। उक्त ड्र्यागनले उनीहरूलाई ड्र्यागन ल्यान्डमा लगेको छ। उक्त ल्यान्ड रंगीन ड्र्यागनद्वारा बसेको एक काल्पनिक दुनियाँ हो। ओर्ड, क्यासी, ज्याक र बिजी ड्र्यागन ल्यान्डको यात्रा गर्छन्।

कार्टुनको पात्रहरूका बारेमा पनि थोरै जानकारी लिउँ न है।

इम्मी : उनी कार्टुनको प्रमुख पात्र हुन्। उनी ६ वर्षकी भइन्। उनी समूहकी नेता हुन् र म्याक्सकी दिदी हुन्। उनको सबैभन्दा मिल्ने साथी क्यासी हुन्। उनी खेल खेल्न सिपालु छन्। त्यसैले विभिन्न गतिविधिमा पनि भाग लिन्छिन्। म्याक्ससँग उनी ड्र्यागन ल्यान्डमा सँगै बस्छिन् र दुवैले आफ्ना अनुभव एकअर्कासँग साटासाट गर्छन्। उनी बहादुर र स्मार्ट केटी हुन्। उनी काम गर्नुभन्दा पहिले कहिल्यै सोच्दिनन्।

म्याक्स : म्याक्स चार वर्षका छन्। उनी इम्मीको सानो भाइ हुन्। उनले इम्मीलाई माया गर्छन्। उनको मिल्ने साथी ओर्ड हो। उनी साहसी छन्। जब जंगलको अध्यारोमा ओर्ड जान डराउँछन् तब उनले प्रोत्साहन दिन्छन्। उनी दयालु पनि छन्। आफ्नो उमेरभन्दा ठूलो काम गर्न सक्ने देखाउन उनले बेलाबेलामा मूर्खतापूर्ण र अबुझ खालको अभिनय पनि गर्छन्। उनी प्रायः हरियो सर्ट लगाउँछन्। जसको किनारा पहेँलो रङको छ। खैरो रङको पाइन्ट लगाउँछन्। म्याक्सको नाम निर्माता जिम कोयनको छोराको नामबाट राखिएको छ।

इन्रिकः उनी ६ वर्षका भए। उनी इम्मी र म्याक्सको नयाँ साथी हुन्। उनलाई पहिलो पटक सिजन तीनको एपिसोडमा नयाँ साथीसँग उडिरहेको र ड्र्यागन ल्यान्डमा केटाकेटीसँग यात्रा गरिरहेको देखाइएको थियो।

ओर्डः उनी नीलो पुरुष डे«गन र म्याक्सको मिल्ने साथी हुन्। उनले खाना अत्यन्तै मन पराउँछन्। उनी प्रायः सबै कुराहरूबाट डराउँछन्। विशेष अँध्यारो र गडगडाहटले उनी डराउँछन्।

क्यासी : उनी दयालु, राम्री र गुलाबी महिला ड्र्यागन हुन्। उनी इम्मीकी मिल्ने साथी पनि हुन्। उनको रङ गुलाबी र पहेँलो मि श्रण छ।

ज्याक र बिजी : ज्याक पुरुष हुन् भने बिजी महिला हुन्। उनीहरू विपरीत व्यक्तित्व भएका जुम्ल्याहा ड्र्यागन हुन्। ज्याक सफा छन्। तर, उनी चिन्तित र निराशावादी पनि छन्। बिजी बोल्ड र सहयोगी छन्। उनी जंगली र स्वतन्त्र स्वभावकी छन् र उनीहरू दुवै एन्रिकसँग उडान भर्छन् र कहिलेकाहीँ मात्र मानिस साथीहरूसँग उड्छन्।

क्विटजल : उनी एक बुढा ड्र्यागन हुन्। उनी द स्कुल अफ द स्काईको शिक्षक हुन्। त्यहाँ उनले युवा ड्र्यागनलाई पढाउँछन्। उनको अर्काे जुम्ल्याहा भाइ छन् जसको नाम फर्नान्डो हो। उनी बगैंचामा काम गर्छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.