बालकथा : भिजेको खसी

बालकथा : भिजेको खसी

डा. सुमनराज ताम्राकार : ‘म्याँ... म्याँ...’

राजु स्कुलबाट फर्केलगत्तै आँगनमा खसी कराइरहेको देखेर दंगदास भए। त्यसो त आजबाट तिहारसम्म स्कुल छुट्टी भएका कारण राजुलाई डबल रमाइलो भयो। मामु, मामु भन्दै घरभित्र छिर्दै उसले भन्यो, ‘मामु, बाहिर खसी कसले ल्याएको ? ’

‘बाबाले। ’

‘किन मामु ? ’

‘दसैंमा काट्नलाई, पूmलपातीको दिन। ’

‘त्यो भन्या कहिले ? ’

‘आ ऽऽ, कति सोधिराखेको, मलाई घरको सरसफाइ गर्न देऊ। थुप्र्रै काम बाँकी छ। भोलि जमरा राख्नलाई पूजा सामग्री मिलाउनु छ। पूजाकोठा सफा गर्नै बाँकी छ। आफूलाई भ्याइनभ्याइ छ। बाबा पनि खसी आँगनमा बाँधेर कहाँ जानुभयो, खै ? त्यसमाथि जहिले पनि तिम्रो के, कहाँ, कसरी, कहिलेको उत्तर दिँदैमा हैरान। जाऊ, बाबालाई सोध्न जाऊ। ’

ब्याग ड्याम्म भान्सा छेउमै फाल्दै, रिसाउँदै राजु बाबा खोज्न गयो। ट्वाइलेटबाट निस्कँदै गरेका बाबा देख्नासाथ उसले ठूलो स्वरमा सोध्यो, ‘बाबा, पूmलपाती भनेको कहिले हो ? अब कति दिनपछि आउँछ ? ’

‘भोली दसैंको जमरा राख्ने पहिलो दिन घटस्थापना भइहाल्यो, अनि सातौं दिनलाई फूलपाती, आठौं दिनलाई महाअष्टमी, नवौं दिनलाई महानवमी र दसौं दिनलाई विजया दशमी भनिन्छ, क्या। अनि पूर्णेसम्म मामाघर यताउति टीका लगाउन गएर दक्षिणा पैसा पाउने दिन। ’

‘जमरा भनेको के ? ’

‘पूजाकोठामा नदी वा खोला छेउबाट ल्याएको बलौटे माटोमा जौ रोपेको आठ, नौ दिन पछि उम्रिने हरियो बोट। दसैंमा कान, कानमा सिउरिन्छ नि, हरियो रङको। ’

(पृष्ठभूमिमा एफएम रेडियो अनि टीभीमा दसैंको शुभकामना विज्ञापनसहितको माल श्री धुन बज्दै थियो। )

‘जाऊँ, खसीलाई लन्च गराउन जाऊँ। ’

‘खसीले लन्चमा के खान्छ ? ’

‘विभिन्न प्रकारको घाँस मात्र खान्छ। खसी पनि गाई, भैंसीजस्तै हर्बिभोरस एनिमल हो नि। तिमीले फेरि हर्बिभोरस भनेको के भनेर सोध्छौ, त्योभन्दा पहिले मै भन्दिन्छु, घाँस मात्र खाएर जिउने प्राणी क्या। ’

‘ल ल, भुइँमा राखिदिने होइन, घाँसको मुठा बनाई डोरीमा टुङ्रुङ्ग झुन्ड्याइदिनुपर्छ, नभए खाँदैन। खसीलाई पनि हिलो, पिसाब अनि बडकौंलो मिसिएको घाँस खान मन पर्र्दैन, क्या ? ’

‘बडकौंलो भनेको के हो ? ’

‘खसीको आची, हिङगोलीजस्तो कालो गोलो गोलो हुन्छ नि ? त्यस्तै खालको खसीको आची, ऊ हेर। ’

‘त्यसो भए हिङगोली पनि खसीको आचीबाट बनाउँछ, हो ? ’

हा... हा... हा... , ‘होइन ब्यारे होइन, त्यो त पाचनका लागि खाने वस्तु हो नि कहाँ खसीको आचीबाट बनाउँछ ? ’

दसैंको चौथो दिन राजुका हजुरबुवा रत्नबहादुर दसैंको किनमेल गरी घर फर्किंदा खसी जाडोले लुगलुग कामिरहेको, जीउ पूरै भिजेको, खसीको जीउबाट पानी अभैm तपतप चुहिरहेको देख्नुहुन्छ। राजुका हजुरबुवा एकदमै रिसाएर आँगनबाटै ‘ए बूढी, ए बुहारी, खसीलाई यो गति कसले बनाएको ? हेर्नु पर्दैन ? जाडोले खसी ठहरै भयो भने खालास् दसैंको भाग ? पैसा पैसाको सत्यानाश। ’

‘ए बूढी’

(आँगनको पेटीनेर बाटाभरि खसीको रौं मिसिएको साबुन पानी छ, छेवैमा साबुनको टुक्रा। )

‘आउँदै छु हो, कति कराउन सक्या। ’

‘कसले गरेको खसीको यो गति ? ’

‘अघि नै राजुले साबुन माग्दै थियो, छोरीको घरबाट चंगा उडाउने भनेर नाति राजेश पनि आएका थिए। तिनीहरूकै काम त होला नि। ’

हजुरबुवा भर्‍याङबाट उक्लिँदै गरेको चाल पाउनासाथ राजु र राजेश हत्त न पत्त खाटमुनि लुक्न गए। दुवैजना मुटु ढुकढुक पारेर चुइँक्क नबोली बसे। राजुको कट्टुमा त पिसाबै आउला आउलाजस्तो भयो, हजुरबुबा रिसाउँदा सारै डर लाग्छ नि त राजुलाई।

‘ए लठुवाहरू हो, तिमीहरू कहाँ लुकिरहेका छौ, मलाई थाहा छ। खुरुक्क बाहिर निक्ल अनि साँचो साँचो कुरा भन्नु, म केही गर्दिनँ। होइन भने सिस्नु लिएर आएको छु। यो सिस्नुले डामेपछि साँचो साँचो कुरा आपैंm निक्लिन्छ। ’

राजु र राजेश दुवै जना घुँडा र कुइना टेकेर कालो, नीलो मुख बनाई खाटमुनिबाट निस्कन्छन्। दुवै जनाको ओठमुख सुकिसकेको छ। हजुरबुवाले किन यस्तो गरेको साँचो कुरा भन्न दोहोर्‍याए। हजुरबुवाको हातमा सिस्नु थिएन, हजुरबुवाले तर्साएका मात्र रहेछन्। राजुले अड्की अड्की, बेलाबेलामा जिब्रोले ओठ भिजाउँदै विस्तारपूर्वक भने, ‘अस्ति नै बाबासँग खसीलाई घाँस हाल्दैदेखि खसी गनाएको थियो। खसीको छेउमा एक्लै जान डर लाग्थ्यो। आज राजेश चङ्गा उडाउँछु भनेर आएको थियो। उसलाई हाम्रो खसी देखाउन लगेँ। उसले पनि यो खसी त कस्तो गनाउँदो रहेछ भन्यो।

हामी दुवै मिलेर खसीलाई नुहाइदिने विचार गर्‍यौं। मामु र हजुरआमा कौसीमा दसैंको लागि पूmलमाला मिलाउँदै गरेको मौका पारी खसीलाई नुहाइदिन थाल्यौं। जाडोले खसी थरथर काम्न थाल्यो, के गरौं के गरौं भयो, हामीलाई पनि भोक लाग्न थाल्यो, अनि... अनि... त्यत्तिकै छोडेर माथि आयौं। के गर्ने के गर्ने भन्दाभन्दै तपाईं आँगनमा कराउन थालेको सुन्यौं। अनि खाटमुनि लुकिराख्या। खसीलाई बाथरुममा ल्याएर तातोपानीले नुहाइदिनुपर्ने रहेछ। आई एम सरी, हजुरबुवा’ भन्दै राजुले दुवै कान समाए।

‘तेरिमा मोराहरू, खसी गन्हाउँछ त। खसीलाई नुहाइदिएर हुन्छ। तातोपानीले नुहाइदिया भए रौं सबै खुइलिन्थ्यो, धन्न। ’ हजुरबुवाले हजुरआमासँग काम नलाग्ने टालो मागी खसीलाई पुछपाछ गर्न लाग्दा राजु र राजेश पनि हजुरबुवालाई सघाउन थाले।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.