देशभर ५६ लाख ६० हजार शौचालय, कुन प्रदेशमा कति ?

देशभर ५६ लाख ६० हजार शौचालय, कुन प्रदेशमा कति ?

काठमाडौं : सरकारले नेपाललाई खुला दिसामुक्त क्षेत्र घोषणा गरेको छ। दिगो विकास लक्ष्यका १७ सूचकांकमध्ये पूर्ण सरसफाई र खुला दिसामुक्त क्षेत्र पनि एक हो।

दक्षिण एसियामै यसरी खुल्ला दिसामुक्त देश घोषणा गर्ने पहिलो राष्ट्र पनि नेपाल बन्यो। बुधबार भारतले आफूलाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्दैछ। सबै घरधुरी नहुँदा–नहुँदै पनि नेपालले ‘हतार’ मा खुला दिसामुक्त राष्ट्र घोषणा गरेको हो। देशका सबै घरधुरीमा शौचालय नहुँदा नहुँदै पनि घोषणा गरिएको खानेपानी तथा सरसफाई मन्त्री विना मगर आफैं स्वीकार गर्छिन्।

‘खुला दिसामुक्त राष्ट्र घोषणा गर्दै गर्दा हामीसामू चुनौति छन्। जनतामा आशंका छन्। प्रश्नहरू पनि आएका छन्। यसबारे हामी जानकार छौं’, घोषणा कार्यक्रममा उनले भनिन्।

‘देशका केही जिल्लामा पर्याप्त चर्पी, पानी छैन। भएका ठाउँमा पनि हाम्रो समाज, सामानिक तथा सांस्कृतिक कारण प्रयोग हुन सकेका छैनन्। बसाइसराई अंशबण्डा तथा नयाँ घर बनाउँदा पनि शौचालय नबनेका हुनसक्छन्। मेलापात, घाँस दाउरामा जाँदा शौचालय प्रयोग नहुनसक्छ। तर विस्तारै प्रयोग गर्दै लैजाने हो। हाम्रो लक्ष्य पूर्णतः हासिल भइसकेको छैन।’

सरकारको तथ्यांकअनुसार हाल नेपालमा ५६ लाख ६० हजार २१४ घर धुरीमा शौचालय छ। जसअनुसार प्रदेश १ मा ९ लाख ६५ हजार २७२, प्रदेश २ मा ९ लाख ३३ हजार ६४९, प्रदेश ३ मा १६ लाख २२ हजार ११३, गण्डकी प्रदेशमा ५ लाख ४८ हजार २१० प्रदेश ५ मा ७ लाख ९३ हजार ९९०, कर्णालीमा ३ लाख ७ हजार ९६२ र सुदूर पश्चिम प्रदेशमा ४ लाख ८९ हजार १५ धरधुरीम शौचालय रहेको मन्त्री मगरले तथ्यांक प्रस्तुत गरिन्। तर, अझै पनि देशका मुख्य सहरहरूमा सार्वजनिक शौचालय छैनन्।

राजमार्गमा पनि मापदण्डअनुसारका शौचालय छैनन्। जसका कारण खुला दिसामुक्त राष्ट्रलाई चुनौती छ। विभिन्न सरकारी निकाय, संघ संस्था तथा दातृ निकायले सार्वजनिक शौचालय बनाइरहेका छन्।

सम्झिए जेलको चर्पी

खुला दिसामुक्त क्षेत्र घोषणा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जेल बस्दाको चर्पी सम्झिए। २०३० सनलपछि १४ वर्ष जेलमा बसेका ओलीलाई केही समय गोलघरमा राखिएको थियो।

‘म बसेको एउटा सानो कोठा थियो। त्यसकै छेउमा एउटा शौचालय थियो। शौच गर्न लाइन बस्नुपर्थ्यो’, ओलीले भने, ‘त्यस्तो अवस्थाबाट हामीले एउटा कोठा खाली गरेर शौचालय बनाएका थियौँ।’

‘भिखारीमुक्त राष्ट्र बनाउछौँ’

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले छिट्टै नेपाललाई भिखारीमुक्त राष्ट्र बनाउने उद्घोष गरे। सडक मानवरहित बनाउने योजनामा रहेको उनले बताए। प्रधानमन्त्री ओलीले जनतालाई अमानवीय अवस्थामा रहन नदिने प्रतिबद्धता जनाए।

खुला दिसामुक्त क्षेत्र घोषणाले समृद्ध नेपाल सुखी नेपालीको अभियान भेटाउन थप सहयोग पुगेको उनको तर्क छ। सन् २०३० सम्म नेपालले दिगो विकासको लक्ष्य भेटाउनेसमेत उनले दाबी गरे। दिगो विकास लक्ष हासिलका लागि यो महत्त्वपूर्ण आयाम भएको उनको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.