सी चिनफिङ २४ घण्टा भारतमा, केके छन् कार्यक्रम ?

सी चिनफिङ २४ घण्टा भारतमा, केके छन् कार्यक्रम ?

नयाँ दिल्ली : भारतदेखि नेपालसम्मको भ्रमण तालिका अनुरुप चिनिया राष्ट्रपति सी जिनफिङ शुक्रबार दिउँसो २ बजे तामिलनाडु राज्यको चेन्नई पुग्दैछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत आउन लागेका चिनफिङ साँझ ४ बजे चेन्नईबाट ८ किलोमिटर दक्षिण स्थित ममल्लापुरमका लागि प्रस्थान गर्ने छन्।

भारतीय विदेश मन्त्रालयले जारी गरेको तालिका अनुसार साँझ ५ बजे प्रधानमन्त्री नरेन्द्र मोदीले जिनपिङलाई मामल्लपुरमको तीन ऐतिहासिक स्थल (अर्जुनको तपस्यास्थल, पाँच रथ र शोर मन्दिर) को अवलोकन गराउने कार्यक्रम रहेको छ। त्यसपछि अनौपचारिक वार्ताका लागि तय भएको स्थान शोर मन्दिरमा साँस्कृतिक कार्यक्रमसँगै ताजको फिसरम्यान कोभमा आयोजना गरिएको रात्रीभोजमा सहभागी भएपछि जिनफिङको शुक्रबारको कार्यक्रम सकिन्छ।

शनिबार बिहान १० बजे ताज फिसरम्यान्स कोभ रिसोर्टमा मोदी र सीको अनौपचारिक भनिएको वार्ताको कार्यक्रम रहेको छ। दुवै बीच एक्लाएक्लै करिब एक घण्टा कुराकानी हुने कार्यक्रम रहेको छ। १० बजेर ५० मिनेटमा प्रतिनिधिमण्डल सहित छलफल हुने कार्यक्रम रहेको छ। दिवाभोजसम्म चल्ने यो छलफलमा द्विपक्षीय व्यापार, आतंकबाद र सीमा विवादका विषयमा छलफल हुने भारतीय पक्षको भनाइ छ। एक घण्टाको यो छलफलपछि मोदीका तर्फबाट आयोजना गरिएको लन्चमा सी सहभागी हुनेछन्।

त्यसको एक घण्टापछि अर्थात १२ बजेर ४५ मिनेटमा चिनियाँ राष्ट्रपति चेन्नई एयरपोर्टका लागि प्रस्थान गर्नेछन्। त्यहाँबाट १ बजेर ३० मिनेटमा उनी काठमाडौंका लागि प्रस्थान गर्ने छन्। सीको चेन्नईदेखि मामल्लपुरमसम्मको यात्रा अवधि लगघग २४ घण्टाको रहेको छ।

वुआन टु मामल्लपुरम

भारत, चीन भुटानको त्रिपक्षीय मुलुकको सीमा दोक्लाममा विवाद चर्किएको बेला चीनको वुआनमा २७–२८ अप्रिल २०१८ मा मोदी र चिनफिङबीच अनौपचारिक शिखर वार्ता भएको थियो। त्यसपछि दोक्लाम विवाद शान्त भएको थियो। त्यही वार्ताको दोश्रो श्रृङ्खलास्वरुप मामल्लपुरममा यो शिखर वार्ता हुन लागेको विदेश मन्त्रालयले अर्थ्एको छ।

कश्मीरको विशेषधिकार खारेज गरेको र लद्दाकलाई कश्मीरबाट अलग्याएर केन्द्र शासनअन्तर्गत राखेको भारतको निर्णयमा चीनको असंतुष्टि कायमै छ। विश्वका अन्य शक्तिशाली मुलुकहरुबाट कश्मीर निर्णयलाई भारतको आन्तरिक निर्णय भनेर समर्थन जुटाएको भारतलाई पाकिस्तानले भने चीनको समर्थन लिएर चुनौती दिइनै रहेको छ। चीनका राष्ट्रपतिको भारत भ्रमणअघि पाकिस्तानका प्रधानमन्त्री इमरान खान आफ्नो पक्षमा चीनको खुला समर्थन बोलाउन चीन पुगेका थिए। यस्तो अवस्थामा चीनका राष्ट्रपतिको भारत भ्रमण हुन लागेको छ।

यद्यपि मोदीले चिनफिङसँगको वार्तामा कश्मीर मुद्दामा कुरा नहुने उल्लेख गरिसकेका छन्। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीशकुमारले यदी चीनका राष्ट्रपतिको तर्फबाट यसमा चासो आयो भने मोदीले उनलाई बिस्तारमा बताउने स्पष्ट पारेका छन्। यो वार्ता भारत चीन सीमामा उत्पन्न भइरहने तनाव कम गर्ने र द्विपक्षीय व्यापार सहज ढंगबाट अगाडि बढाउने विषयका साथै विश्वव्यापी रुपमा बढेको आतंकवादका मुद्दामा मुख्य रुपमा केन्द्रित हुने भारतको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.