व्यापार सहजीकरण गर्न उच्चस्तरीय संयुक्त संयन्त्र

व्यापार सहजीकरण गर्न उच्चस्तरीय संयुक्त संयन्त्र

काठमाडौं : चीन र नेपालबीच वाणिज्य र पारवहन सम्झौता कार्यान्वयन गर्न उच्चस्तरीय संयुक्त संयन्त्र निर्माण गर्ने सहमति भएको छ। चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा आइतबार दुवै मुलुकका अधिकारीबीच यस्तो सहमति भएको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्याल र चीनको वाणिज्य मन्त्रालयका उपमन्त्रीले यससम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। हस्ताक्षर पश्चात निर्माण हुने यो संयन्त्रको नेतृत्व दुवै मुलुकका वाणिज्य सचिवले गर्ने मन्त्रालयकी उपसचिव उर्मिला केसीले जानकारी दिइन्। उनका अनुसार एक महिनाअघि नेपाल भ्रमणमा आएको चीनको वाणिज्य सचिव नेतृत्व टोलीसँग नेपाली टोलीसँग अनौपचारिक रूपमा संयन्त्र निर्माण गर्ने सहमति भएको थियो।

‘चीनसँग हुने व्यापार तथा परिवहनसम्बन्धी समस्या उच्चस्तरमै समाधान गर्न यो संयन्त्र निर्माण गर्न दुवै मुलुकबीच सहमति भएको हो’, केसीले भनिन्, ‘संयन्त्रमा कसले प्रतिनिधित्व गर्ने हो त्यो विषयमा भने दुवै मुलुकको आपसी छलफल पश्चात टुंगो लगाइनेछ।’

नेपाल र चीनबीच केही समयअघि सम्पन्न पारवहन तथा यातायात सन्धिको प्रोटोकलले उच्चस्तरीय संयन्त्रको कल्पना गरेको छ। ‘त्यसमा चीनतर्फ भौतिक मन्त्रालयका सचिव र नेपालका वाणिज्य मन्त्रालयका सचिवले नेतृत्व गरेको संयन्त्रको कल्पना गरिएको छ’, केसीले भनिन।

तेस्रो देशसँगको व्यापारका लागि भारतसँग मात्र पारवहन सुविधा लिएको नेपालले गतवर्ष भदौ २२ मा चीनसँग पारवहन तथा यातायात सम्झौताको प्राटोकललाई अन्तिम रूप दिएको थियो। यससँगै नेपालले तेस्रो मुलुकसँगको व्यापारमा चीनतर्फकाचार सामुद्रीक बन्दरगाह र तीन सुक्खा बन्दरगाहको उपयोग गर्न सक्छ।

तिब्बतमा सुन्तला निर्यात सम्भव

नेपालमा उत्पादन हुने सुन्तला जातको फलफूल चीनको तिब्बतसम्म निर्यात गर्ने बाटो खुला भएको छ। चिनियाँ राष्ट्रपतिको भ्रमणका अवसरमै क्रममा आइतबार नेपाल र चीनबीच सुन्तला जातको फलफूल निर्यात गर्न पाउने सहमति भएको हो।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव तेजबहादुर सुवेदीका अनुसार सुन्तला जातको सुन्तला, कागती, जुनारलगायत अमिलो फलफूल निर्यात गर्ने सहमति भएको हो। सहमतिपत्रमा नेपालका तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.युवकध्वज जीसी र चिनियाँ राजदूत होउ यान्छीले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। सहमतिपत्रमा रोगकीरा मुक्त सुन्तला जातको फलफूल तिब्बतसम्म निर्यात गर्न पाउने उल्लेख छ।

यसअघि पनि चीनमा सुन्तला जातको फलफूल निर्यात गर्ने पाउने सुविधा नेपालले पाएपछि चीनले पाँच प्रकारको रोगकीरा र दुई प्रकारको ढुसीबाट मुक्त भएको बगैंचाको फलफूल मात्रै निर्यात गर्न पाउने व्यवस्था गरिएको थियो। ‘रोगकीरा र ढुसीबाट मुक्त बगैंचाको मात्रै सुन्तला जातको फलफूल निर्यात गर्न पाउने व्यवस्थाले गर्दा नेपालबाट निर्यात हुन छाडेको थियो’, सुवेदीले भने।

चीनमा सुन्तला जातको फलफूल निर्यात गर्न वगैंचालाई रोगकीरा र ढुसी मुक्तबनाउन धेरै प्रयास गरिए पनि त्यो प्रयास सफल हुन सकेको थिएन्। यसले गर्दा सुन्तला जातको फलफूल निर्यात गर्ने बाटो अवरुद्ध भएको थियो। सुवेदीले भने, ‘अहिलेको सहमतिपत्रमा पुरानो व्यवस्थालाई परिवर्तन गरी रोगकीरा र ढुसी मुक्त फलफूल भन्ने राखेर सहमति जनाएका छौं।’

यो सहमतिले किसानले उत्पादन गर्ने सुन्तला जातको बजार बिस्तार हुनुका साथै किसानले उचित मूल्यसमेत पाउने बाटो खुलेको छ। बजार र उचित मूल्यको अभावमा सुन्तला जातको फलफूल बिग्रेर किसानले ठूलो घाटा व्यहोर्दै आएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.