निलम्बित सांसद आलमलाई सात दिनको म्याद थप
काठमाडौं : हत्या आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका निलम्बित सांसद अफ्ताव आलममाथि थप अनुसन्धान गर्न सात दिनको म्याद थप गरिएको छ।
जिल्ला अदालत रौतहटका ५ नम्बर न्यायधिश चित्रबहादुर गुरुङको एकल इजलासले सात दिनको म्याद थप गरेको हो। हत्या आरोपमा उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।
२०६४ चैत २७ राति रौतहटको राजपुर खरदवामा भएको बम विस्फोटको घटनामा संलग्न भएको उनीमाथि आरोप लागेको छ।