जिल्ला कार्यालय खारेजीले समस्या

जिल्ला कार्यालय खारेजीले समस्या

धनकुटा :  जिम्मा लिने निकाय नहुँदा धनकुटामा निर्माण सम्पन्न भइसकेको साविक महिला विकास कार्यालयको पक्की भवन अलपत्र छ। करिव २ करोड ६६ लाख रुपैयाँको लागतमा बनेको सुविधायुक्त चारतले भवन एकवर्ष अघि निर्माण सम्पन्न भए पनि ठेकेदार कम्पनीले सम्वन्धित निकाय भएकाले हस्तान्तरण गर्न सकेको छैन।

जिल्ला कार्यालय खारेज भएकाले भवन हस्तान्तरण हुन नसकेको ठेकेदार कम्पनी सारासृष्टि निर्माण सेवा प्रालिका सञ्चालक सन्तोष राईले बताए। निर्माण सम्पन्न भए पनि अझैं एक करोड १० लाख रुपैयाँ भुक्तानी लिन बाँकी रहेको उनको भनाइ छ। भवन हस्तान्तरण नहुँदा उक्त भवन अझै ठेकेदार कम्पनीकै जिम्मामा छ। भवनको सुरक्षार्थ एक जना कर्मचारी खटाएर उनले बताए।

काम सम्पन्न भए पनि भुक्तानी नहुँदा लगानी गरेको रकमको व्याजले हैरान बनाएको राईको दुखेसो छ। ‘चाँडै भुत्तानी हुने आशामा लगानी खोज्दै भवन निर्माण पुरा गरें’, उनले भने, ‘तर अहिलेसम्म रकम निकासा नहुँदा २ प्रतिशत व्याजदरमा झण्डै २५ लाख रुपैयाँ त व्याजमात्रै तिर्नुपर्ने बाध्यता छ।’

रकम निकासाका लागि मन्त्रालयमा पटक–पटक धाउँदा आश्वासन मात्रै पाएको उनको गुनासो छ। ‘बिलभपाई लिएर विभागमा धाएँ। विभागले सुरुमा बजेट छैन भन्यो। पछि विभागले मन्त्रालयमा डकुमेन्ट फरवार्ड गरेको जानकारी दिएकाले मन्त्रालय धाउन थालें तर काम भएन’, उनले गुनासो गरे। जिल्ला समन्वय समितिका सभापति टंक चौहानले ठेकेदारको रकम निकासा नभएकाले निर्माण सम्पन्न भइसकेको भवन अलपत्रमा परेको हो। उनले भने, ‘ठेकेदारको पैसा निकासा भएपछि भवन अन्य कार्यालयलाई हस्तान्तरण गर्नेछौं।’

जिल्ला प्राविधिक कार्यालय स्थानीय तहमा समायोजन भएसँगै सो कार्यालयका करोडौं मुल्य वरावरका सवारीसाधन, फर्निचरजस्ता सामाग्री वेवारिसे छन्। साविक जिल्ला प्राविधिक कार्यालयको भवनमा हाल जिल्ला आयोजना तथा कार्यान्वयन इकाई (अनुदान तथा व्यवस्थापन) र पूर्वाधार विकास कार्यालयको फिल्ड युनिट छ। तर त्यहाँ रहेका सवारीसाधन र फर्निचर अलपत्रै छन्।

अलपत्र सवारीसाधन मर्मत सम्भार गरि सञ्चालन गर्न कोशिस गरे पनि सफल नभएको जिल्ला आयोजना तथा कार्यान्वयन इकाइका प्रमुख थिरेन्द्र दाहालले बताए। सवारीसाधन नहुँदा भाडाको सवारी प्रयोग गर्न वाध्य भएको उनले बताए। इकाइको काम भुकम्पपीडित लाभग्राहीको घर–घर पुगेर अनुगमन तथा परामर्श दिने भए पनि सवारीसाधन नहुँदा कार्यप्रगति गर्न समस्या भएको उनले बताए।

कार्यालयको पहिलो तलामा रहेको टेवुल, दराज, कुर्सी, सोफालगायत फर्निचर प्रयोग नहुँदा माकुरोको जालोले घेरेको छ। दोस्रो तलामा रहेको वैठक कक्षका फर्निचर पनि धुलाम्मे छन्। कार्यालय परिसर बाहिर यामाहा, डिक्सकभर, पल्सर ब्राण्डका दर्जनभन्दा बढी मोटरसाइकल प्रयोगहिन् छन्। कतिपय सवारीसाधन बिग्रिसकेका छन्। बायाँतिर रहेको ग्यारेजमा बा १ झ ८४२४ नम्वरको फोरविल महेन्द्र पिकअप र केही थान मोटसाइकल अलपत्र छन्। राज्यले करोडौं रकममा खरिद गरेका सवारीसाधन अहिले वेवारिसे भएका हुन्।

भवनको माथिल्लो भागमा रहेको वालुवा परिक्षण गर्ने मेसिन र टहरो पनि जिर्ण अवस्थामा छ। जिल्ला समन्वय समितिको संयोजनामा त्यस्ता सामाग्री अन्य कार्यालयलाई हसतान्तरण गर्न मिल्ने प्रावधान छ। साविक जिल्ला प्राविधिकको अलपत्र अवस्थामा सामाग्री पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण गर्ने तयारी भइरहेको जिल्ला समन्वय प्रमुख चौहानले जानकारी दिएका छन्। तत्कालीन् जिल्ला प्राबिधिक कार्यालय धनकुटाका इन्जिनियर दीपनारायण शाहले जिम्मा दिन तयारी गरिएका सामाग्री ग्रहण गर्न पुर्वाधार बिकास कार्यालयले चासो नदिएकाले हस्तान्तरण हुन नसकेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.