भोट खसाल्न आएकालाई इँटाभट्टामा जलाए

भोट खसाल्न आएकालाई इँटाभट्टामा जलाए

गौर : कांग्रेस नेता मोहम्मद आफ्ताव आलम हत्या आरोपमा पक्राउ परेपछि घटनाका तथ्य एकपछि अर्को गर्दै बाहिरन थालेका छन्। २०६४ सालमा भएको पहिलो संविधानसभा चुनावको अघिल्लो रात चैत २७ गते नेता आलमले पूर्वमन्त्री शेख इद्रिसको पुरानो घरमा बम विस्फोट गराएको आरोप छ। चुनावमा धाँधलीका लागि गराइएको विस्फोटमा तत्कालीन सरुअठा गाबिस २ का २४ वर्षीय पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र अर्का २२ वर्र्षका ओसी अख्तर मारिएका थिए।

भारतमा अध्ययन गर्दै आएका रौतहटका दुई युवक बम बिस्फोटनमा परेर घाइते भएका थिए। उनीहरुलाई पछि इँटाभट्टामा खसाली जनाएर मारिएको पीडित परिवारको भनाइ छ। इँटाभट्टामा खसालेर मारिएका भनिएका त्रिलोकप्रताप सिंह भारतमा स्नातक पढ्दै थिए। पहिलो संविधानसभाको चुनावमा भोट खसाल्न बिदा लिएर आएका थिए। अर्का युवक ओसी अख्तर पनि दुबईबाट दुई महिनाको विदा लिएर चुनावका लागि घर आएका थिए।

घटना भएको साँझ राजपुर पुगेका मृतक ओसी अख्तरका ससुरा मोहमद सम्सुलले ज्वाइँलाई जीउँदै इँटाभट्टामा हालेर मारेको दाबी गर्दै आएका छन्। रौतहटका तत्कालीन एसपी पनि घटना लुकाउन मिलेको सम्सुलको आरोप छ। ‘त्यस बेला बोल्ने आँट भएन। मोहम्मद आफ्ताव आलमविरुद्ध बोल्दा मारिने खतरा थियो’, उनले भने, ‘आलम त्यसबेला रौतहटको टाइगरै थिए। कसले आवाज उठाउने? प्रहरी प्रशासन, कानुन उसैको पक्षमा थियो।’

मारिएका ओसी अख्तर वैदेशिक रोजगारका क्रममा डेढबर्ष दुवई बसेर बिदामा आएका थिए। तीन बर्षको छोरा थियो। केही महिनापछि उनी दुवइ फर्कने सोचमा थिए। गाउँका चिनजानका मानिस पनि चुनाव प्रचारमा थिए। साथीहरुकै कारण चुनाव प्रचारका क्रममा उनी पनि आफ्ताव आलमको गाउँ पुगे। उनलाई २६ गते दिउँसो चुनाव प्रचार गर्न जाउँ भन्दै नेता आलमका मानिसले लगेका थिए। ओसीका श्रीमती अमना खातुनका अनुसार त्यसपछि श्रीमान् फर्किएनन्। श्रीमान् मारिएको १२ बर्ष भइसकेको छ। घटनाका मुख्य आरोपी कांग्रेस नेता आलम पक्राउ परेका छन्। आरोपी आलप पक्राउ परेपछि पीडितलाई बल्ल न्याय पाउने आश पलाएको छ।

जिउँदै जलाइएको भनिएका त्रिलोकप्रताप सिंहको परिवारले पनि न्याय पाउने आशा पलाएको बताएका छन्। त्रिलोकका ७९ बर्षीय बावु श्रीनारायण सिंह न्यायको लागी १२ बर्षदेखी भौतारी रहेका छन्। सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले २०६९ सालमै दोषीमाथी अनुसन्धान गर्न प्रहरीलाइ निर्देशन दिएको थियो। त्यसको ८ बर्षपछि बल्ल मुख्य आरोपी मो. आफ्ताव आलम पक्राउ परेका हुन्। घटना सम्झदै उनको बुवा श्रीनारायण भन्छन, ‘भोट खसाल्न आएको थियो। उसैलाई जीउदै चिम्नीभट्टामा खसाले। घटनाको धेरै वर्षसम्म आफै मारिने डरले बोल्न सकिएन।’

छोराको हत्या भएको भन्दै जाहेरी दिने अख्तरका आमा रुक्सना खातुनको २०६७ सालमा हत्या भएको थियो। बम बिस्फोटमा घाइते भइ भारतमा उपचार गराएको भनिएका एकव्यक्ति संग प्रहरीले सोधपुछ गरीरहेको छ। रौतहटकै राजपुर फरदवाका घटनाका प्रत्यक्षदर्शीलाई पनि प्रहरीले बयान लिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.