अपडेट - दाङबाट पक्राउ पर्नेमा विप्लवका को-को नेता हुन् ?

अपडेट - दाङबाट पक्राउ पर्नेमा विप्लवका को-को नेता हुन् ?

दाङ : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका २१ जना नेता तथा कार्यकर्ता दाङबाट पक्राउ परेका छन्। नेपाल-भारत सीमा नाकाअन्तर्गत दाङको राजपुर गाउँपालिका ४ को मुग्रेटाखोलामा पार्टीको आन्तरिक तयारी बैठक चलिरहेको बेला दाङ प्रहरीले नियन्त्रण लिएको प्रहरी प्रमुख जनक भट्टराईले जानकारी दिए। 

उनीहरुको साथबाट हातहतियार र विष्फोटक पदार्थ समेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ।पक्राउ पर्नेमा चन्द्रबहादुर चन्द 'वीरजङ्ग' नेत्रविक्रम चन्द विप्लवका दाइ हुन्।

बैठक भइरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले बिहीबार राति १ बजेतिर पक्राउ गरेको हो । पक्राउ पर्नेमा विप्लव समूहका मध्यपश्चिम कमाण्ड इञ्चार्ज चन्द्रबहादुर चन्द 'वीरजंग', केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इञ्चार्ज सुवास बाठा, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटनलगायतका नेता तथा कार्यकर्तालाई पक्राउ गरिएको नेकपाले जनाएको छ।

पक्राउ पर्नेको नामावली

१ चन्द्रबहादुर चन्द 'वीरजंग' - केन्द्रीय सदस्य तथा लुम्बिनी ब्युरो ईन्चार्ज एवम् मध्य पश्चिम कमाण्ड इन्चार्ज 

२ केशवबहादुर बाँठा मगर 'सुवास' - राप्ती ब्युरो इन्चार्ज 

३ रामबहादुर थापा 'सुन्दर' - राप्ती ब्युरो एवम् न्याय विभाग समिति जिल्ला संयोजक 

४ सविन पोख्रेल -राप्ती ब्युरो कार्यालय सचिव

५ यमलाल कटुवाल 'विक्रम' जिल्ला ईन्चार्ज 

६ प्रदीप वली - जिल्ला सेक्रेटरी 

७ बविन केसी 'पाटन, जंगली'- युव संगठन नेपाल केन्दीय अध्यक्ष

८ सुनिल पौडेल- वुद्धिजिवी 

९ एकराज चौधरी (एरिया नम्बर ४ ईन्चार्ज एवम् जिल्ला जनपरिषद् सदस्य 

१० धनबहादुर बोहोरा 'महान' (एरिया नम्बर १ ईन्चार्ज एवम् राजपुर गापा सेक्रेटरी) 

११ तिलक पुन (पूर्व जनमुक्ति सेना 

१२ सुरज विक (दलित राष्ट्रिय मुक्ति मोर्चा जिल्ला अध्यक्ष 

१३ हितप्रसाद रोका (पार्टी सदस्य 

१४ पोष्टमान घर्ती (रोल्पा जिल्ला) 

१५ दलबहादुर खत्री 

१६ अमित घर्तिमगर

१७ बालकृष्ण शर्मा

१८ जीत क्षेत्री 

१९ रमेश आचार्य 

२० कुलबहादुर वली 

२१ बिष्णु थापा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.