तुल्सीपुरमा आधुनिक बसपार्क

तुल्सीपुरमा आधुनिक बसपार्क

दाङ : तुल्सीपुरमा आधुनिक सुविधा सम्पन्न नयाँ बसपार्क निर्माण भएको छ। तुल्सीपुर उपमहानगरपालिका र नगरविकास कोषको साढे १० करोड लगानीमा आधुनिक बसपार्क निर्माण गरिएको हो।

तुल्सीपुरमा लामो समयदेखि अव्यवस्थित रूपमा बसपार्क थियो। तुलसीपुर उपमहानगरपालिकाले आधुनिक बसपार्कको नयाँ संरचना तयार पारेको हो। बसपार्क व्यवस्थित भएसँगै बजार र यातायात क्षेत्र व्यवस्थित भएको छ। साढे १० करोडको लागतमा आधुनिक सुविधा सम्पन्न बसपार्क निर्माण गरेको उपमहानगरपालिकाका इन्जिनियर पवनकुमार योगीले बताए। करिब ५ बिघा क्षेत्रफलको जग्गामा विभिन्न सेवा सुविधा सहितको आधुनिक बसपार्क निर्माण भएको छ।

पूर्वाधार र बसपार्क सञ्चालनका लागि कम्पनीहरूलाई समेत ठेक्का गरी जिम्मा दिइसकिएको योगीले बताए। करिब तीन सय गाडी अटाउने क्षमता रहेको बसपार्क अहिले व्यवस्थापनका लागि विभिन्न पार्टीलाई जिम्मासमेत दिइसकिएको छ। बसपार्कमा सबै सुविधा दिने गरी योजना तयार भएको छ। पूर्वाधारको काम सकिए पनि केही सुविधाको काम भने हुने क्रममा छ। बसपार्कमा पेट्रोल पम्प निर्माणको जिम्मासमेत निर्माण कम्पनीलाई दिने तयारी छ।

यात्रुलाई सहजता प्रदान गर्ने उद्देश्यले बसपार्कका विभिन्न स्थानमा आधुनिक यात्रु प्रतीक्षालय निर्माण गरिएको छ। आराम भवन, शौचालय, पार्क र सडक निर्माण गरिएको उनले बताए। अपांगमैत्री र महिलामैत्री शौचालय, मिटिङ हल, पार्किङ, शुद्ध खानेपानी, सोलार बत्ती, टिकट काउन्टर, प्रशासनिक भवन, रेष्टुरेन्ट लगायतका विभिन्न सुविधासहित व्यावसायिक क्षेत्रको समेत निर्माण गरिएको छ। बसपार्कमा स्तनपान कक्षका साथै सेन्सरयुक्त ढोकासमेत राखिएको छ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बसपार्क तुलसीपुरको गौरव भएको बताए। उनले स्थानीय सरकारको महत्वपूर्ण एउटा काम भएको बताए। पछिल्लो समय दाङमा रहेका बसपार्क व्यवस्थित र सुविधायुक्त बन्न थालेका छन्। लामो समयदेखि अव्यवस्थित रूपमा सञ्चालन हुँदै आएका तुलसीपुर, घोराही र लमहीका बसपार्क अव्यवस्थित र आधुनिक बनाइँदैछ।

यसैगरी घोराहीमा रहेको बसपार्कलाई पनि व्यवस्थित बनाउन थालिएको छ। खाल्डाखुल्टी र धुलाम्य हुने बसपार्क क्षेत्र पक्की बनाइन लागेको हो। शौचालय, प्रतिक्षालय, बिजुली बत्ती, चमेना गृहलगायत सुविधा व्यस्थित बन्दै गएको घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले बताए। उनले अहिले तत्काल बसपार्कमा पिउने पानीको समस्या समाधान गर्नुपर्ने भएकाले खानेपानी व्यवस्थापनको काम हुँदै गरेको बताए।

लमहीमा रहेको बसपार्कले पनि विस्तारै मुहार फेर्दै जान थालेको छ। सडक व्यापारी, पसले, सवारी पार्किङकै कारण लामो तथा छोटो दूरीका सवारीले भोग्नु परेको समस्यालाई समाधान गर्ने तयारी भइरहेको लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले बताए।

क्याप्सन ः तुल्सीपुरमा निर्माण भएको बसपार्क।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.