‘सीको भ्रमण मूल्यमा नाप्‍नै सकिँदैन’

‘सीको भ्रमण मूल्यमा नाप्‍नै सकिँदैन’

काठमाडौं : सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण राष्ट्रिय हितको हिसाबले ‘मूल्यमा नाप्नै नसकिने’ निष्कर्ष निकालेको छ । सी भ्रमणले नेपालको उचाई र छवि विश्वमा तुलनै गर्न नसकिने गरी वृद्धि भएको सरकारको दाबी छ ।

‘भ्रमणका धेरैजसो कनेक्टिभिटीबारे समझदारी भएका छन् । उहाँ (सी) को भ्रमण फाइदा र राष्ट्रहितका हिसाबले मूल्य नाप्नै सकिँदैन’, मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भने, ‘उहाँको भ्रमणलाई लिएर विश्वव्यापी मिडियाहरूले सकारात्मक, नकारात्क तथा अनेक हिसाबले टिप्पणी गरेका छन् । जसले गर्दा नेपाल अन्तर्राष्ट्रिय जगत्मा चिनियो ।’

राष्ट्रपति सीको भ्रमणले नेपालको दिगो विकास लक्ष्य हासिल गर्न टेवा पुगेको मन्त्री बाँस्कोटाको तर्क छ । ‘समृद्ध नेपाल सुखी नेपालको आकांक्षा पूरा गर्न शक्ति राष्ट्रसँगको हातेमालो ऐतिहासिक सफलता र असाधारण कदम हो’, सरकारका प्रवक्तासमेत रहेका बाँस्कोटाले भने, ‘हाम्रा प्रधानमन्त्रीले सधैँ नेपाल भूपरिवेष्ठित होइन भूजडित हुनुपर्छ भन्ने सपना देख्नुहुन्थ्यो । यसमा बलियो साथ मिलेको छ । नेपालको समुद्रसँग पहुँच पुग्ने भएको छ । यस्तो प्रतिबद्धता उहाँ (सी) बाट पनि आएको छ ।’

सीमास्तम्भ तिहारपछि मर्मत गरिने

नेपाल–भारत सीमामा भत्किएका सीमास्तम्भ तिहारपछि मर्मत गरिने सरकारले जनाएको छ । पत्रकार सम्मेलनमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले भत्किएको सीमास्तम्भ बनाइने जानकारी गराएका हुन् ।

यसका लागि नेपाल र भारतका प्रतिनिधि सम्मेलित गठित उच्चस्तरीय संयन्त्रको बैठक बसिसकेको दाबी समेत गरे । ‘कति ठाउँमा सीमास्तम्भ पुनस्र्थापना गर्नुपर्नेछन् वा कहाँ सीमांकन नक्सांकन गर्नुपर्ने छन् यसको पहिचान गरी काम गरिनेछ’, उनले भने, ‘यसका लागि चारवटा टोली बनाएर काम हुन्छ ।’

जोशीले भारतसँग जोडिएको क्षेत्रमा आठ हजार पाँच सय बढी सीमास्तम्भ रहेको बताउँदै पाँच हजार बढी तयार भइसकेको बताए । अब बाँकी रहेका मध्ये पनि गत वर्ष १५ सयमाथि बनाइएको र बाँकी सीमास्तम्भको काम तिहारपछि गरिने बताए । ‘सीमाका कतिपय क्षेत्रमा बाढीले प्रभाव पार्छ । त्यहाँ बर्सेनि स्तम्भ भत्कन्छन्’, उनले भने, ‘कहाँ–कहाँ भत्किएका छन् पत्ता लगाएर मर्मत गर्छौँ ।’

समितिको म्याद थप

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारी, सार्वजनिक गुठी र सरकारद्वारा जफत गरिएको जग्गा हिनामिनाको छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गठिन समितिको म्याद थप गरिएको छ ।

प्रतिवेदन कार्यन्वयन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको एक समिति बनाइएको थियो । उक्त समितिको म्याद २८ मंसिरसम्म थपिएको मन्त्री बाँस्कोटाले जानकारी दिए । 


यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको कार्यकारी अधिकृत नियुक्ति सिफारिस गर्न बनेको समितिको म्याद समेत थप गरेको छ । उक्त समिति गृहसचिव प्रेमकुमार राईको संयोजकत्वमा बनेको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.