बिक्दैन जडीबुटीको तेल

बिक्दैन जडीबुटीको तेल

महेन्द्रनगर : कञ्चनपुरको बेदकोट नगरपालिका-५ धरमपुरका धनबहादुर बोहराले यसपटक अन्य खेती छोडर जडिबुटी ‘क्यामामाईल’ खेती गरे। 

एक विघा आफ्नो र दुई विघा जग्गा भाडामा लिएर क्यामामाईल खेती गरेका बोहराले उत्पादन गरेको तेल बिक्री गर्न पाएका छैनन्। ‘अन्य खेती गरेर खानसम्म पुग्दैन’, बोहराले भने, ‘जडिबुटी खेतीबाट राम्रो आम्दानी होला भनेर जग्गा भाडामा लिएर खेती गरे अहिलेसम्म तेल बिक्री भएन।’

व्यवसायिक रूपमा समूहमा जडिबुटी खेती गरिरहेका धरमपुरका ४० जना किसानले उत्पादन गरेको क्यामामाईलको तेल बिक्री हुन सकेको छैन। गत वर्ष लिटरको ६० हजारसम्म बिक्री भएको तेल यस पटक बिक्री नहुँदा किसान चिन्तित् छन्।

‘विगतका वर्षहरूमा दसैंअगावै तेल बिक्री हुन्थ्यो’, जडिबुटी समूहकी अध्यक्ष पाना बोहराले भनिन्, ‘दोस्रोपटक खेती गर्ने बेला भइसक्यो तेल बिक्री भएको छैन।’

२०६७ सालदेखि व्यवसायिक खेती गरिरहेकी बोहराले क्यामामाईको सुगन्धीत तेल लिटरको ५५ देखि ६० हजारसम्म बिक्री हुने गरेको बताइन्। विगतका वर्षहरूमा नेपालगञ्जबाट तेल किन्न व्यापारीहरू घरमै पुग्ने आउँथे तर यसपटक दलाल सक्रिय भएकाले तेल बिक्री हुन नसकेको उनले बताइन्।

 ‘२०÷२५ हजार दिन्छु भन्नेहरू धेरै आए’, बोहराले भनिन, ‘त्यसमा त लगानी नै उठ्दैन।’ बोहराले कृषकले उत्पादन गरेको तेलको दररेट निधारित नभएकाले समस्या हुने गरेको बताइन्। 

गहँुको तुलनामा क्यामामाईल (जडिबुटी)बाट राम्रो आम्दानी हुने भएकाले यहाँका किसानहरू व्यवसायिक रूपमा जडिबुटी खेतीतर्फ आकर्षित भएका हुन्। अन्य खेतीको तुलनामा यसबाट तीन गुणा बढी फाइदा हुने गरेको किसानहरूको भनाइ छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकका स्थानीयहरूको खेतबारीमा लगाएको अन्नबाली जंगली जनावरले खाएर नष्ट पार्न थालेपछि त्यसको विकल्पका रूपमा पनि जडीबुटी खेती गर्न लागेका हुन्। 

कञ्चनपुरका नौवटै स्थानीय तहहरूमा सामुदायिक वन तथा विभिन्न समूहबाट हाल जडीबुटी उत्पादन भइरहेको छ। कञ्चनपुरमा २५ सय ३० कठ्ठा जमिनमा जडीबुटी खेती भइरहेको छ।

उत्पादीत जडिबुटीको तेल कस्मेटीकको सामग्री र औषधीमा प्रयोग हुने गरेको छ। नेपाल जडीबुटी व्यवसायी संघका अध्यक्ष श्यामराज भट्टले विगतका वर्षहरूमा तेल बाहिर देशहरूमा सप्लाई हुने गरेको बताए। उनले यसपटक बाहिर देशबाट माग नभएका कारण तेलले मूल्य नपाउँदा बिक्री नभएको बताए।
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.