गाउँभरि हेपाटाइटिस ‘बी’

गाउँभरि हेपाटाइटिस ‘बी’

डोल्पा : जिल्लामा प्राणघातक रोग हेपाटाईटिस ‘बी’को डरलाग्दो तथ्यांक भेटिएको छ। माथिल्लो डोल्पाका विभिन्न गाउँका स्थानीयको स्वास्थ्य परीक्षण गर्दा करिब आधा बस्तीमा हेपाटाईटिस ‘बी’को संक्रमण भेटिएको छ। तथ्यांक अनुसार जिल्लामा २० प्रतिशत र माथिल्लो डोल्पामा मात्रै ३० प्रतिशत नागरिक हेपाटाईटिस ‘बी’ का बिरामी छन्।

डोल्पोबुद्ध गाउँपालिकाको धोमा एक/एकपाइला नेपालले गरेको बृहत स्वास्थ शिविरमा आएका बिरामीको परीक्षणमा आधा जनसंख्यामा यो रोग देखा परेको हो। शिविरमा स्वास्थ्य परीक्षण गराएका एकसय ४३ जनामध्ये ७० जनामा हेपाटाइटिस ‘बी’ पोजेटिभ देखा परेको संस्थाले सार्वजनिक गरेको छ।

कुल स्वास्थ्य परीक्षण गराएकामध्ये ३० प्रतिशतमा यो रोग देखिनु निकै ठूलो समस्या भएको वीर अस्पतालका वरिष्ठ कलेजो रोग विषेशज्ञ सुधाशु केसीले जानकारी दिए। उनले भने, ‘हेपाटाइटीस ‘बी’ को प्रकोप माथिल्लो डोल्पामा विकराल रूप लिँदैछ, प्रत्येक चार जनामा एकजनालाई हेपाटाइटीस ‘बी’ पोजेटिभ भेटियो। यसरी प्रत्येक वर्ष संक्रमितको संख्या बड्दै गएमा यसले माहामारी निम्त्याउने जोखिम छ।’

शिविरमा परीक्षण गराएका एकसय १० जना क्रिष्टल माउण्टेन विद्यालयका बालबालिकामध्ये पनि १० जनामा यो रोग देखिएको छ। डा. केसीका अनुसार डोल्पामा यो रोग तिव्बतबाट सरेको अनुमान छ। उनले शिविरमा आएका नागरिकमा देखिएको अवस्था हेर्दा करिब बस्तीका आधा जनसंख्यामा यो रोगको संक्रमण हुनसक्ने बताए। ‘शिविरमा सबै आउन सकेका छैनन्। तर आएकामध्ये बिरामीको परीक्षण हेर्दा यहाँका अधिकांशमा यसको संक्रमण हुनसक्छ,’ उनले भने, ‘सरकारले यहाँका नागरिकका लागि छुट्टै प्याकेजमा उपचार गराउनुपर्छ।’

असुरक्षित यौन सम्पर्क, रोगी महिला–पुरुषको शरीरबाट निस्कने विभिन्न तरल पदार्थहरुको सम्पर्क, वीर्य, र्‍याल, पसिना, आँसु, पेटभित्रका रसहरू, रगतको माध्यम र रोगी आमाबाट जन्मेका बच्चाहरूमा हेपाटाइटिस ‘बी’ सर्छ। यो भाइरस एचआईभी भाइरसभन्दा ५० देखि एक सय गुणा र हेपाटाइटिस ‘सी’ भाइरसभन्दा १० गुणा बढी संक्रमण गर्ने क्षमता हुन्छ।

साथै बच्चा जन्मने बित्तिकै लगाइने हेपाटाइटीस ‘बी’ विरुद्धको खोप नलगाए पनि यो रोगले संक्रमण गर्छ। रोग न्यूनिकरणका लागि स्थानीय सरकारले जनचेतनामुलक कार्यक्रम नियमित सञ्चालन गर्नुपर्ने डाक्टर मेलीना हमालको भनाइ छ। माथिल्लो डोल्पाका धो, साल्दाङ्, भिजेर, छार्का, मुकोट, तिन्जे र फोक्सुण्डो लगायतका गाउँमा यसको संक्रमण बढि देखिएको छ।

शिविरमा स्वास्थ परीक्षण गर्दा एउटै परिवारका सबै सदस्य र चार वर्षदेखि दश वर्षसम्मका बालबालिकालाईसमेत रोग देखिएको छ। यस रोगको औषधि काठमाडांैमा पाइए पनि निकै महँगो पर्छ। अधिकांश स्थानीयमा हेपाटाइटीस ‘बी’ को संक्रमण भेटिएपछि आन्तरीक तथा बाह्य पर्यटकसमेत त्रसित भएका छन्। हेपाटाईटिस ‘बी’ सँगै जिल्लामा एक जनालाई एचआइभी र तीन जनामा हेपाटाइटिस ‘सी’ भएको पाइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.