चीनबाट चलेको चलन

चीनबाट चलेको चलन

कागज वा कपडाको चारकुने टुक्रा । यसमा घुमाउरो पाराले एउटा र ठाडो एउटा सिन्का । यसको फ्रेम हाली बनाइएको र धागो गाँसेर हावामा उडाइने खेलौना । नेपाली बृहत् शब्दकोशमा चंगालाई यसरी अथ्र्याइएको छ । नेपालभाषा (नेवारी) मा ‘भुटुमाली’, हिन्दीमा ‘गुड्डी पतंग’ भनिने चंगाको अंग्रेजी नाम ‘काइट’ हो ।

चंगाको आविष्कार गौतम बुद्ध जन्मनुभन्दा करिब पाँच सय वर्षपहिले चीनको हान वंशमा भएको पाइन्छ । किंवदन्तीअनुसार चौथो शताब्दीमा एैंरदाइनका इरपुल नामक ग्रिक वैज्ञानिकले सर्वप्रथम चंगाको आविष्कार गरेका थिए । तर चौथो शताब्दीभन्दा अघि नै एसियाका निवासीहरूमा चंगा उडाउने खेल पर्याप्त लोकप्रिय भएको मानिएको छ ।

चीनलाई चंगाको आविष्कारक मानिन्छ । स्न ७१३ मा लेखिएको एक पुस्तकमा चीनका गोङ्ग सु–वानले काठ र बाँसको चरा आकारको चंगा बनाएर तीन दिनसम्म आकाशमा उडाएको उल्लेख छ ।

उक्त पुस्तकअनुसार गोङ्ग सु–वानको वास्तविक नाम ‘लु वान’ थियो । उनी डुण्नु आङ्गका बासिन्दा थिए । चु राज्य र सोङ राज्यबीच चलेको युद्धमा लुवानले जासुसी गर्नका लागि चंगाको निर्माण गरे । त्यही समयदेखि चंगाको जासुसी प्रयोग प्रारम्भ भएको मानिन्छ । यो क्रम चीनमा तांग वंश (६१८–९०७) सम्म कायम रह्यो ।

चंगा उडाउनुलाई केवल मनोरञ्जन लिने तरिका मात्र हो भनेर सोच्नु गलत हो । विश्वभरिमा धार्मिक, सामाजिक तथा वैज्ञानिक कारणहरूबाट चंगा उडाउने चलन कायमै छ । चंगा उडाउनुलाई शुभ–सगुनका रूपमा पनि लिइन्छ । युद्धको समय, माछा मार्नको लागि तथा अन्य रीतिरिवाज एवं प्रथाहरूमा यसको प्रयोग गरिन्थ्यो ।

हामीकहाँ चंगा उडाउनुलाई धार्मिक कार्य मानिन्छ । लोककथा र किंवदन्तीअनुसार वर्षायामभरि धेरै पानी परिसकेको हुन्छ । धान पाक्ने बेला भइसकेको हुनाले पानीका राजा इन्द्रलाई पानी चाहिँदैन भनेर चंगा उडाएर सन्देश पठाएको विश्वास गरिन्छ । चंगा उडाएमा पानी पर्दैन भन्ने नेपाली जनविश्वास पनि रहिआएको छ ।

सन् १७५२ मा बेन्जामिन फ््रयांकलीनले सबैभन्दा पहिले बादलमा पनि बिजुली हुन्छ भन्ने पत्ता लगाएका थिए । सन् १८७४ मा स्कटल्यान्डका दुई वैज्ञानिक थोमस मेलविन र अलेक्जेन्डर विल्सनले चंगामा तापमापक यन्त्र (थर्मोमिटर) बाँधेर वायुमण्डलको तापक्रम लिएका थिए । सन् १८९३ मा अमेरिकाका वैज्ञानिक लरेन्स हाग्रेभले बनाएका बाकस आकारको चंगाले १२ वर्षसम्म अमेरिकाको मौसम विभागको लागि वायुको तापमान र हावाको दबाब नाप्ने काम ग¥यो ।

बेलायतका ओलिभर तथा विलभर राइट नामका दुई भाइले सन् १९०३ मा हवाईजहाजलाई आकाशमा उडाउने अनुसन्धानका क्रममा चंगाको यथेष्ट प्रयोग गरेका थिए । अर्का वैज्ञानिक सर जर्ज केलेले सन् १९०४ मा चंगाकै आधारमा ग्लाइडरको आविष्कार गरे । सन् १९२५ मा जर्ज पोककले आफ्नी छोरीलाई लिएर उड्न सक्ने चंगा बनाएका थिए ।

संसारमै सबैभन्दा पहिलो बनेको रेल हिँड्ने झोलुंगे पुल पनि चंगाकै सहायताबाट बनेको हो भन्ने भनाइ छ । न्युयोर्कमा चंगा उडाउने एक व्यक्तिले अर्को चंगा उडाउने व्यक्तिसँग जोरी खोजेर चंगा उडाउँदै जाँदा उनको चंगा दुई सय ५० मिटर फराकिलो नाग्रा नदीपारि पुगे । त्यसपछि चंगालाई चुँडालेर धागोसँग त्यसभन्दा अलिक मोटो धागो बाँधियो र वारिपट्टि तानियो । यसरी नै एकपछि अर्को झन् बलियो डोरी तान्दातान्दै फलामे डोरीहरू तानियो र आखिरमा अमेरिका र क्यानाडाबीच संसारको सबैभन्दा पहिलो हिँड्ने झोलुंगे पुल बन्यो ।

विभिन्न देशहरूमा चंगाहरू विभिन्न शैली र प्रकारका भए पनि नेपाली चंगाहरू मौलिक भएको चंगा उडानमा विशेष रुचि राख्ने निर्मलमान तुलाधरको भनाइ छ । तुलाधरले नेपालका तर्फबाट अन्तर्राष्ट्रिय चंगा उडान प्रतियोगितामा भाग लिइसकेका छन् ।

भारतीय चंगाहरूसँग नेपाली चंगा केही हदसम्म मिले पनि हाम्रा चंगाहरूको बनोट प्रक्रिया अलि फरक छ । हामीकहाँ ‘डाइमन्ड सेप’का चंगाहरू नै बढी चलनचल्तीमा छन् । नेपाली चंगा उडान कला विश्वकै उत्कृष्ट चंगा उडान कलाभित्र पर्छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.