प्रदेश लोकसेवा आयोग गठन विवादमा

प्रदेश लोकसेवा आयोग गठन विवादमा

रूपन्देही : पाँच नम्बर प्रदेशको प्रदेश लोक सेवा आयोगका सदस्यको नियुक्ति भइसके पनि सपथ ग्रहणको अझै सुरसार छैन। दसैंअघि मुख्यमन्त्रीको अध्यक्षतामा सभामुख र विपक्षी दलका नेताको बैठकले बाबुराम गौतम र राहेल पोखरेललाई प्रदेश लोक सेवा सदस्यमा सिफारिस गरेको पनि सपथको टुंगो लाग्न सकेको छैन।

सिफारिसपछि प्रदेश प्रमुख उमाकान्त झाले गत असोज ३० गते सदस्यद्वयको नियुक्ति गरेका थिए। तर ५ दिन बित्दा पनि शपथ ग्रहणको कार्यक्रम तय भएको छैन। आयोगको सदस्य नियुक्ति प्रक्रिया विवादमा परेपछि सपथ ग्रहण प्रक्रिया अलमलमा परेको हो। प्रदेशका प्रमुख विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलले आयोगको सदस्यमा ‘फर्जी’ कागजातका आधारमा आफ्नै बुहारी राहेल पोखरेललाई नियुक्ति गरेको भन्ने भेटिएपछि सपथ ग्रहण अनिश्चित बनेको हो।

प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव चिरञ्जीवी पौडेलले सपत ग्रहणको कार्यक्रम तय नभइसकेको बताए। ‘नियुक्ति भयो, सपत ग्रहणको समय तय भएको छैन’, उनले भने, ‘आयोगको अध्यक्ष पनि प्रदेश बाहिर हुनुहुन्छ। उहाँ आएपछि त्यसबारे छलफल होला।’ प्रदेश लोकसेवा आयोगका अध्यक्षलाई प्रदेश प्रमुखले र सदस्यलाई प्रदेश प्रमुखको उपस्थितिमा आयोगका अध्यक्षले सपत ग्रहण गराउने कानुनी व्यवस्था छ।

यसअघि साउनमा प्रदेश लोकसेवा आयोगको अध्यक्षमा प्राध्यापक डिलाराम भट्टराई नियुक्त भएका थिए। प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव पौडेलले विवादमा आएको कुरा प्रदेश प्रमुखको कार्यालयलाई जानकारीमा आएको र अब के हुन्छ भन्ने कुरा अहिले भन्न नसक्ने बताए। मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्ती र विपक्षी दलका नेताले भागबण्डामा आयोगका पदाधिकारी सिफारिस गरेका हुन्। जस अनुसार मुख्यमन्त्रीको भागमा आयोगका अध्यक्ष तथा सभामुख र विपक्षी दलको नेताले सदस्यलाई छानेका थिए।

आयोगको गठन प्रक्रिया विवादमा आएपछि विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलले आफूले प्रक्रियाअनुसार नै नाम दिएको र प्रमाणपत्र फर्जी नभएको दाबी गरेका छन्। ‘मैले चाहेर बुहारीलाई बनाउन खोजेको होइन। मुख्यमन्त्रीले मलाई महिला नाम दिनुस् भन्नुभयो। डिग्री पढेको योग्यता पुगेको मेरो बुहारी पनि छन्। जनजातिकी छोरी हुन् भनें’, उनले भने, ‘त्यसो भए त झन् सुनमा सुगन्ध हुने भयो भनेर सबैले ओके गरेपछि मैले नाम दिएको हो।’

पोखरेलले प्रमाणपत्र फर्जी भन्ने कुरा बेकारको हल्ला मात्र चलाइएको दाबी गरे। उनका सबै डकुमेन्ट सही सलामत छन्। त्रिभुवन विश्वविद्यालय नै गलत रहेछ भने त के लाग्यो र ? ’ पोखरेलले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.