रक्षामन्त्री पोखरेल चीन पुगेर भने : एक देशवेष्ठित हुनुको दुर्भाग्य बदल्न चाहन्छौँ !

रक्षामन्त्री पोखरेल चीन पुगेर भने : एक देशवेष्ठित हुनुको दुर्भाग्य बदल्न चाहन्छौँ !

बेइजिङ : चीन भ्रमणमा रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपालले अब भूपरिवेष्ठित देशको अधिकार, सुविधाको उपभोग गर्दै चीनसँगको कनेक्टिभिटीबाट नयाँ जीवनको रूपमा अघि बढ्न चाहेको बताएका छन् ।

'हामी भूगोलमा लामो समयदेखि नेपाल कसरी पढ्यौँ भने भूपरिवेष्ठित भनेर पढ्यौँ, साँचो अर्थमा हामी कुनै एउटा देशवेष्ठित हुन अभिशप्त बन्यौँ । हामी भूगोलमा पढ्थ्यौँ भूपरिवेष्ठित । यथार्थ जिन्दगीमुनी एउटा देशवेष्ठित भएर बाँच्न बाध्य भयौँ । यो दुर्भाग्य, नियति अब बदल्नुपर्छ भन्ने अठोट र संकल्पका साथ उठ्न खोज्दै छौँ,' पोखरेलले भने ।

चीनसितको कनेक्टिभिटी सिङ्गो देशको जिन्दगीको लागि नै महत्व राख्ने उनको भनाइ थियो । र यसलाई अगाडि बढाउन चाहेको उनले बताए । चीनसँगको सम्बन्धलाई आउटडेटेड होइन अपडेटेड गरेर देशको जिन्दगी बढाउन चाहेको पनि मन्त्री पोखरेलले बताएका थिए ।

उहानमा आयोजित अन्तर्राष्ट्रिय मिलिटरी गेम तथा नवौं बेइजिङ स्याङसान फोरममा सहभागी हुन बेइजिङ आएका उपप्रधानमन्त्री पोखरेलले बेइजिङस्थित नेपाली दूतावासले मङ्गलबार ५ गते बडा दसैं, तिहार, नेपाल सम्वत् नयाँ वर्षको आरम्भ र छठको अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागी हुँदै उपस्थित नेपाली समुदायलाई शुभकामना पनि व्यक्त गरे ।

यससँगै उहानमा आयोजित मिलिटरी खेलमा नेपालले पहिलो पटक भाग लिएको हो । यस खेलमा १०९ देशको सहभागिता थियो । यसवाहेक उपप्रधानमन्त्रीको भ्रमण क्रममा आइतबार नेपाल र चीनबीच मानवीय तथा विपद् व्यवस्थापनका लागि सैन्य सामग्री उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.