टन्सिलाइटिसबाट जोगिनु

टन्सिलाइटिसबाट जोगिनु

भाइबहिनीहरू, टन्सिल भन्नेबित्तिकै तिमीहरू घाँटीनजिकै बसेको अंग सम्झन्छौ हैन त ? हो। आँ... गर्दादेखि गलाको भित्री भाग नजिकै देखिने दुईवटा डल्लो आकारको तन्तु नै टन्सिल हो।

टन्सिलले सुरक्षा कवचको काम गरिरहेको हुन्छ। शरीरमा बाहिरी तŒवबाट संक्रमण हुनबाट टन्सिलले जोगाउँछ। कतिपयले नजानेर टन्सिल हुनु भनेकै रोग हो भन्ने बुझ्ने गरेका छन्। यो गलत हो। सबै उमेरका व्यक्तिमा टन्सिल रहेको हुन्छ। टन्सिलमा संक्रमण हुनुलाई टन्सिलाइटिस भनिन्छ। टन्सिलाइटिसको समस्या भने जुनसुकै उमेरका व्यक्तिलाई हुनसक्छ। यो समस्याले धेरैजसो बालबालिकालाई सताउने गरेको छ।

वीर अस्पतालका नाक, कान, घाँटी विभागका कन्सलटेन्ट डा. अरुण केसीका अनुसार टन्सिलाइटिस भएको बेला खानेकुरा निल्न गाह्रो हुन्छ। पानी तथा थुक निल्दासमेत अप्ठेरो हुन्छ। एक सय दुई डिग्रीसम्म ज्वरो आउन सक्छ।

लक्षण

घाँटी दुख्ने

थुक निल्नसमेत गाह्रो हुने

उच्च ज्वरो आउने

घाँटीमा घाउ देखा पर्ने

घाँटीमा दुखाइ महसुस हुने

रातो हुने

टन्सिलाइटिस हुनुको मुख्यतया दुई कारण छन्। भाइरस वा ब्याक्टेरियाको कारणले टन्सिलाइटिस हुने डा. केसीको भनाइ छ। विशेषगरी धेरैजनालाई भाइरसका कारण टन्सिलाइटिस हुने गरेको छ। थोरै व्यक्तिलाई मात्र ब्याक्टेरियाका कारण टन्सिलाइटिस हुने गरेको छ। के कारणले टन्सिलाइटिस भएको हो ? परीक्षणपछि डाक्टरले पत्ता लगाउँछन्। भाइरलले गर्दा टन्सिलाइटिसको समस्या भएको रहेछ भने एन्टिबायोटिक्स औषधि सेवन गर्नु पर्दैन। तर, ब्याक्टेरियल संक्रमण भएको हो भने एन्टिबायोटिक्स खानुपर्ने डा. केसीको सुझाव छ।

भाइरल संक्रमणका कारण टन्सिलाइटिस भएको रहेछ भने आत्तिनु पर्दैन। तीन चार दिनपछि विस्तारै समस्या हट्दै गएको अनुभूति हुन्छ। ब्याक्टेरियाले संक्रमण गराएको रहेछ भने समस्या झन् झन् बढ्दै जान्छ। ब्याक्टेरिया हेरेर सम्बन्धित चिकित्सकले सिफारिस गरेको औषधि सेवन गर्नुपर्छ।

हात जोर्नी दुख्नेजस्ता लक्षण देखिएको छ भने मुटुमा समेत समस्या भएको हुन सक्छ। वर्षमा पाँच÷छ पटक टन्सिलाइटिस भइरहेको छ भने शल्यक्रियासमेत गर्नुपर्ने हुन्छ।

घाँटी दुख्नेबित्तिकै टन्सिलाइटिस भएको शंका पनि गरिन्छ। डा. केसीका अनुसार कसैले घाँटी दुख्यो भन्नेबित्तिकै अधिकांशले टन्सिलाइटिस भएको अनुमान गर्छन्। यो भ्रम हो। अरू कारणले पनि घाँटी दुख्न सक्छ। टन्सिलाइटिस हुनेबित्तिकै शल्यक्रिया गर्नुपर्छ भन्ने भ्रम पनि छ। साधारण औषधि सेवनपछि निको हुन्छ। दुई साताभन्दा ढिलो समयसम्म घाँटी दुख्ने समस्या भइरह्यो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुपर्छ।

पटकपटक घाँटी दुख्ने समस्या दोहोरिने भइरहेको छ भने सजग हुनुपर्छ। बारम्बर घाँटी दुख्ने वा टन्सिलाइटिसको समस्या भइरहेको छ भने बाथ मुटुको समस्या भएको पनि हुन सक्छ। बाथ मुटुको रोग हुँदा हातखुट्टा तथा जोर्नीहरू सुन्निने हुन्छ।

के गर्ने ?

आराम गर्ने

झोलिलो पदार्थ सेवन गर्ने

मनतातो पानीले कुल्ला गर्ने

सम्बन्धित चिकित्सकसमक्ष जँचाउन जाने


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.