पुरुष र संकटको युद्ध

पुरुष र संकटको युद्ध

वर्तमान भारतीय कार्टुन शृंखला हो। यो डिडी नेसनलमा सन् १९९४ देखि १९९५ सम्म प्रसारण भएको थियो। वर्तमान भारतीय थ्रिडी एनिमेसन गरिएको पहिलो कार्टुन हो।

यस कार्टुनमार्फत कसैको कमजोरीलाई कसरी नियन्त्रण गर्ने भनेर बालबालिकालाई नैतिक पाठ सिकाउन खोजिएको छ। यसका प्रमुख पात्र

पुरुष आफ्नो शत्रु संकटसँग उसको नकारात्मक भावनाको विरुद्ध लड्ने गर्छन्। अन्ततः उसले वर्तमानसँग विजय पनि हासिल गर्छ।

यो कार्टुनका पात्रहरूलाई थ्रिडी एनिमेसन पनि गरिएका छन्। यसका जम्मा २६ एपिसोेड रहेका छन् भने कार्टुन प्रसारणको समयावधि १३ मिनेट रहेको छ।

यस कार्टुनको कथावस्तु कार्टुनको प्रमुख पात्र पुरुषसँग सम्बन्धित छ। उसले आफ्नो हराएको राज्यलाई फिर्ता ल्याउने कोसिस गर्छ। वर्तमानको विपक्षी वा शत्रु संकट हो। पुरुष एक साधारण पात्र हो जसले आफ्नो कमजोरीमाथि विजयी प्राप्त गर्ने कोसिस गर्छ।

संकट : कार्टुनको विपक्षी समूहको व्यक्ति हो। उसले पुरुषको नकारात्मक भावनालाई प्रयोग गरेर नकारात्मक मानवीय अभिव्यक्ति सिर्जना गर्छ। कहिलेकाहीँ पुरुषको इच्छाशक्ति कमजोर हुन्छ र उसले नकारात्मक भावना सुन्छ। यसबाट आफूलाई बचाउनको लागि ऊ भित्रैका सकारात्मक भावनाले उसको लडाइँमा सहायता गर्छन्। त्यो सकारात्मक भावनाले पुरुषलाई आफ्नो बाधासँग लड्ने शक्ति दिन्छ। यो कार्टुनको कथा कसरी अन्त्य भयो भन्ने अहिलेसम्म अज्ञात नै छ।

यस कार्टुनका पात्रहरूका बारेमा पनि जानौं न त है।

पुरुष : पुरुष कार्टुनको नायक हो। आफ्नो लक्ष्य प्राप्त गर्नका लागि उसले गरेका संघर्ष, घृणा, आक्रोश, डाह, गर्भ र उदासीजस्ता भावनाबाट उत्पन्न चुनौतीलाई कार्टुनमा देखाइएको छ। कहिलेकाहीँ ऊ संकटबाट प्रकट नकारात्मक मानवीय भावलाई हराउन सफल हुन्छ भने कहिलेकाहीँ असफल हुन्छ र आफ्नो आत्मविश्वास गुमाउँछ। आफ्नो सकारात्मक अभिव्यक्तिबाट प्रेरित भएर ऊ आफ्नो नकारात्मक भावना र संकटसँग निरन्तर लडिरहन्छ।

संकट : संकट पुरुषको शत्रु हो। ऊ नकारात्मक मानवीय भावना उत्पन्न गराउन सफल हुन्छ। उसले सबै नकारात्मक मानवीय भावनाको प्रतिनिधित्व गर्छ। उसको लक्ष्य लामो समयसम्म पुरुषको राज्यमा शासन गर्नु हो। उसको सहायकको नाम कलुटा हो। उसले सधैं पुरुषको गतिविधिको जासुस गर्छ। संकटको टाउकोमा सिङ छ। उसँग दैवी शक्ति पनि हुन्छ। उसको हात बिच्छु जस्तै देखिन्छ।

पुरुषको साथी : विश्वास पुरुषको गुरु हो। साहस, ज्ञान, युक्ति, आनन्द, दूरदर्शिता, आशा, अतीत र धेरै सकारात्मक मानवीय अभिव्यक्ति उसका साथीहरू हुन्।

नकारात्मक भावनाहरू : संकटसँग इष्र्या, लोभ, दुःख, अहकांर, भय, आलस्य, क्रोध, अड्चन र अन्य नकारात्मक अभिव्यक्तिहरू छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.