लाखौं मुल्यका पटका बरामद
रौतहट : सशस्त्र प्रहरीले बुधबार रौतहटमा ठूलो परिमाणमा पटकाजन्य पदार्थ बरामद गरेको छ ।सीमा सुरक्षा पोष्ट बेलबिछवाले एक लाख ७० हजार बराबरको पटकाजन्य पदार्थ बरामद गरेको हो।
नेपाल भारतको दशगजा क्षेत्रबाट नेपाल ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी निरीक्षक अजय थापाको टोलीले उक्त समान बरामद गरेको हो। जिल्लाको राजदेवी नगरपालिका ८ बेलबिछवामा जनप्रतिनिधि, संचारकर्मी, सुरक्षाकर्मीको रहोवरमा बरामद गरिएको पटका नष्ट गरिएको छ।