यही ट्याक्टर हो, ‘जसमा घाइतेलाई इँटाभट्टा पुर्‍याइयो’

यही ट्याक्टर हो, ‘जसमा घाइतेलाई इँटाभट्टा पुर्‍याइयो’

गौर : बुथ कब्जा गर्न तयार पारेको बम विस्फोटन हुँदा मारिएका भनिएका व्यक्तिलाई इँटाभट्टामा लैजान प्रयोग भएको ट्याक्टर प्रहरीले बरामद गरेको छ। बरामद ट्याक्टर आफताव आलमका भाइ मो. महताव आलमको भएको प्रहरीको दाबी छ। आलमका काका शेष इद्रिसको सानो घरमा बम विस्फोट भएको र घाइतेलाई ना.१ त ६४७२ नम्बरको ट्याक्टरमा राखेर जिउँदै इँटाभट्टामा हाली जलाएको आलममाथि आरोप छ।

प्रहरीका अनुसार प्रमाण मेटाउने उद्देश्यले उक्त ट्याक्टर आलमका भाइ महतावले ०६७ असार २३ गते बेचेका थिए। ०५७ जेठ २४ मा महतावले आफ्नै नाममा खरिद गरेको ट्याक्टर ०६४ चैत २७ गते राति बम विस्फोटका घाइते तथा मृतक बोक्न प्रयोग भएको पीडित पक्षले दाबी गर्दै आएका छन्।

प्रमाण नष्ट गर्नकै लागि ट्याक्टर बिक्री गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नवीन कार्कीले बताए। ट्याक्टर रौतहटस्थित देवाहीगोनाही नपा–२ करुनियाटोलका उमाशंकर साहले किनेका थिए। ‘नम्बरसमेत नराखी चलाउँदै आएको ट्याक्टर बरामद भएको छ, हामी अनुसन्धान गर्दै छौँ’, डीएसपी कार्कीले भने।

विस्फोटमा परेकालाई आलमका भान्जा मुस्ताक राजाको राजा इँटाभट्टामा पोलिएको प्रत्यक्षदर्शी भनिएकाहरूले प्रहरीसमक्ष बयान दिएका छन्। घटना भएको रात गहुँबारीमा लुकेर घाइते लगेको देखेको दाबी गर्ने मृतक भनिएका ओसी अख्तरका ससुरा सम्सुल मियाँले ट्याक्टरमा राखेर इँटाभट्टामा लगेको बताउँदै आएका छन्।

पक्राउ परेका आलममाथि कर्तव्य ज्यान तथा विस्फोटन पदार्थसम्बन्धी मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ। घटनाको सबुत प्रमाण संकलन र अनुसन्धान भइरहेको रौतहटका प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले जानकारी दिए।

आलम असोज २६ गते पक्राउ परेका थिए। पहिलो पटक सात दिनको म्याद थप गरिएकामा अनुसन्धान नसकिएको भन्दै प्रहरीले माग गरेपछि जिल्ला अदालतले पाँच दिनको म्याद दिएको थियो। आलमले जिल्ला सरकारी वकिल कार्यालयमा बयान दिने क्रममा घटना नै नभएको घाइते र मृतकको के कुरा भन्ने जवाफ दिएका छन्।

अनुसन्धानमा रहेका एक प्रहरी अधिकृतले भने ३० भन्दा बढी प्रश्न गरिएकामा आलमले घटना भएको छैन भन्ने मात्र जवाफ दिएका थिए। त्यसपछि पोलिग्राफ परीक्षण गर्न प्रहरी जुटेको थियो। तर, उनले अस्वीकार गरेका छन्। पोलिग्राफ परीक्षणबाट झुट बोले/नबोलेको पत्ता लगाउन सकिन्छ।

सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले ०७५ चैत ८ गते पछिल्लो पटक जिल्ला प्रहरी कार्यालयलाई मुद्दाको अनुसन्धान गर्न पत्राचार गरेपछि घटनाका मुख्य आरोपी भनिएका निलम्बित सांसद आलमलाई प्रहरीले पक्राउ गरेको हो।

रौतहटको यमुनामाई गाउँपालिका–४ का त्रिलोकप्रताप सिंहका बाबु श्रीनारायण सिंह र ओसी अख्तरका आमा रोक्साना खातुनले आलम, उनका भाइ मो.महताव आलम, मोविन आलम, शेख भदई र शेख सवेजविरुद्ध ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.