थाइल्याण्डको सयपत्री दाङमा ढकमक्क

थाइल्याण्डको सयपत्री दाङमा ढकमक्क

दाङ : स्थानीय युवाको प्रयास र लगानीमा अहिले दाङमा व्यवसायिक रुपमा हजारी फूल (सयपत्री) को खेती सुरु गरिएको छ । कृषिमा नयाँ आयाम ल्याउने उद्देश्यले कृषि विज्ञ, युवा व्यवसायीको सामूहिक लगानीमा व्यवसायीक हजारी फूल उत्पादन गर्न थालिएको हो । सामूहिकरुपमा सञ्चालन गरिएको सयपत्री फूलखेती यस क्षेत्रमै नयाँ व्यवसाय भएको लगानी कर्ताले बताएका छन्। 

तुलसीपुर उपमहानगरपालिका १३ फुलबारीस्थित मझघटुवामा सयपत्री फूलखेती व्यवसायीक रुपमा गरिएको हो । युवा व्यवसायीको साढे चार लाखको लगानीमा एक विघा क्षेत्रफलमा अहिले हजारी फूलको व्यवसायीक खेती गरिएको सञ्चालक मनोज बस्नेतले बताए ।

उनले थाइल्याण्डमा प्रसिद्ध रहेको कर्माअरेञ्‍ज जातको सयपत्री फूल ल्याएर उत्पादन सुरु गरिएको जानकरा दिए । फूललाई व्यवसायीक बनाएर कृषि क्षेत्रमा सानो भएपनि परिवर्तन गर्ने योजनाले यो सुरु गरिएको बस्नेतको भनाई  छ । 

तिहारलाई लक्षित गरी गरिएको खेतीबाट पहिलो चरणमा १५ हजार किलो हजारी उत्पादन हुने अपेक्षा गरिएको छ । स्थानीयस्तरमा हजारीको फूलको माग बढिरहेको र स्थानीय मागलाई पूरा गर्न व्यवसयी खेती गरिएको व्यवसायी तथा कृषि विषयका उपप्राध्यापक समेत रहेका बस्नेतले बताए ।

विशेषगरी चाडपर्वको समयमा सयपत्री फूलको अत्याधिक प्रयोग हुने भन्दै यसै समयलाई लक्षित गरेर उत्कृष्ट जातको फूल दाङमै उत्पादन सुर गरिएको बस्नेत बताउँछन्। हजारी फूल सबै भन्दा राम्रो फुल्ने र टिक्ने भएकाले यसको माग अन्य फूलको तुलनामा धेरै रहेको छ । 'यो फूल यस क्षेत्र कुनै पनि स्थानमा छैन, उनले भने, 'देख्दा पनि उत्तिकै राम्रो र खँदिलो भएकाले अहिले माग पनि बढीहरको छ।'

 फूल खेतीले एकै वर्षमा मनग्य आम्दानी हुने देखिएको छ । तिहारलाई लक्षित गरिएको खेतीबाट पहिलो चरणमा १५ हजार किलो हजारी उत्पादन हुने अपेक्षा छ । स्थानीयस्तरमा हजारीको फूलको माग बढीरहेको र स्थानीय मागलाई पूरा गर्न व्यवसायीक खेती गरिएको युवा व्यवसायी हेमराज बस्नेतले बताए । 

बस्नेतले उत्पादित फूलको बजार राम्रो रहेको भन्दै पहिलो लटमा सुर्खेत, नेपालगञ्ज धनगढीका बजारमा बजार पाएको र तिहारमा काठमाडौंबाट अत्यधिक माग भएको बस्नेतको भनाई छ । उनले जिल्ला बाहिरबाट हजारी फूल लिन आउनेको प्रतिस्पर्धा चलिरहेको बताए । पुर्‍याउन गाह्रो हुने अवस्था आएको छ , उनले भने,' जिल्लामा त माग नबढने कुरै भएन।'
 
जिल्लाको तुलसीपुर, घोराहीमा मात्र नभई बाँके, बर्दिया सुर्खेत, धनगढी क्षेत्रमा समेत फूलको बजार रहेको बस्नेतको भनाई छ । उनले केही दिनअगाडि मात्रै १ हजार किलो फूल सुर्खेतका लागि पठाइएको जानकारी दिए । 

बस्नेतले काठमाडौंमा १५ हजार किलो माग भएको बताए । यस्तै यस क्षेत्रका लागि २ हजार किलो फूल खपत हुने लक्ष रहेको छ ।'हामी युवा मिलेर केही नयाँ गरौँ भन्ने सोचका साथ यो व्यवसाय सुरु गरेका हौँ, व्यवसायी सन्दीपन रिजालले भने, 'स्थानीय माग पहिलो सम्बोधन हो ।'

उनका अनुसार उत्पादन गरेको कर्मा जातको हजारीको बजार माग सबैभन्दा धेरै रहेकाले उत्पादन क्षेत्र विस्तार गर्नुपर्ने अवस्था आएको छ।रिजालले भने,' प्रति केजी दुई सयदेखि २ सय ५० रुपैयाँसम्ममा बिक्री भइरहेको छ।'

फूल खेतीलाई आगामी वर्षमा अझै फराकिलो बनाउने योजना रहेको उनीहरुको भनाइ छ । फूलखेतीका लागि थप जमिनको व्यस्था गरी आगामी वर्षमा यो फूल खेती ठूलो क्षेत्रफलमा उत्पादन गरिने रिजालले बताए । व्यवसायीक फूलखेतीका सात जना युवाको सहभागिता रहेको छ। 

अहिले जिल्लाका धेरै स्थानमा फूलखेती गरिएको भएपनि मनग्गे उत्पादन नहुँदा जिल्लामै आपूर्ति पुरा गर्न बाहिर जिल्लाबाट समेत फूल ल्याउनुपर्ने अवस्था छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.