केरूङ अन्तर्राष्ट्रिय सीमा व्यापार महोत्सव

केरूङ अन्तर्राष्ट्रिय सीमा व्यापार महोत्सव

बेइजिङ : केरूङमा दोस्रो अन्तर्राष्ट्रिय सीमा व्यापार, संस्कृति तथा पर्यटन महोत्सव जारी छ। यस महोत्सव विशेषत सीमा व्यापारअनुसार नेपाली वस्तुको प्रवर्द्धन तथा व्यापारलाई के कसरी सहज वातावरण बनाउन सकिन्छ भन्ने लक्ष्यसहित आयोजना भइरहेको छ। 

नेपाल हस्तकला महासंघका कार्यकारी बोर्ड सदस्य तथा नेपाली पक्षका संयोजक जीवन शाक्यका अनुसार, नेपाली वस्तु र व्यापारीलाई के कसरी बजार प्रवेश गराउने र कसरी व्यवस्थित गर्ने विषयमा चिलोङ काउन्टीका जिम्मेवार पदाधिकारीहरूसँग छलफलसमेत भएको छ। 

नेपाली व्यापार व्यवसायको प्रवर्द्धनका लागि रसुवावासीलाई मात्र पासको सुविधा दिएर नपुग्ने उनको भनाइ छ।  उनले भने, ‘नेपाली व्यापारीलाई पासको सहजीकरण गर्नुपर्छ, परिचयपत्रको आधारमा रसुवावासीलाई मात्र पास उपलब्ध गराएर पुग्दैन। साथै व्यापारीलाई बेङ्किङ सुविधा पनि उपलब्ध गराउनु पर्छ।’ 

हालको महोत्सवका लागि भिसा र भन्सारको सुविधा उपलब्ध गराएको पनि उनले बताए। ‘नेपालमार्फत पाकिस्तान, बंगलादेश तथा दक्षिण एसियासम्म व्यापार बढाउन चाहेका छन् र बोर्डर ट्रेडअनुसार पाउने सबै सुविधा दिन तयार रहेको उनीहरूको भनाइ छ,’ उनले भने। 

चीनले केरूङ–रसुवागढीलाई दक्षिण एसिया प्रवेश गर्ने मूलद्वारको रूपमा विकास गरेको छ। अबको चार वर्षभित्र केरूङसम्म रेल पुग्दै छ साथै ४० बिलियन यूआनमा केरूङमा स्मार्ट सिटीको समेत निर्माण भइरहेको छ। त्यसै गरी चिनियाँ राष्ट्राध्यक्षको हालैको नेपाल भ्रमण पश्चात् जारी १४ बुँदे संयुक्त वक्तव्यमा समेत केरुङ(काठमाण्डुका लागि सुरुङ मार्ग बनाउने बुँदा नम्बर पाँचमा उल्लेख छ। 

एक हप्तासम्म चल्ने उक्त महोत्सव अक्टोबर २० आईतबारबाट सुरु भएको हो। पूर्वमिस नेपालसहित ६ जना मोडल, सात वटा साङ्गीतिक समूह, १० वटा ट्राभल्ससँगै हस्तकला संघअन्तर्गत २२ वटा कम्पनीको सहभागिता रहेको छ। 

नेपाली पक्षबाट मेलामा धातु तथा काष्ठ मूर्ति, चाँदीका गरगहना, पस्मिना, थाङ्का, गलैँचा प्रदर्शनमा राखिएका छन्। नेपाली खानासहित, नेपाली संस्कृति झल्काउने नृत्य तथा साङ्गीतिक प्रस्तुति र फेशन सोसमेतको कार्यक्रमबाट नेपालको प्रसार भइरहेको छ। उक्त मेलाअवधिभर दुई करोड रूपैयाँसम्मको व्यापार हुने अनुमान रहेको शाक्य बताउँछन्।
 
केरूङको कुल जनसंख्या १६ हजार मात्र छ। उचाइको भिन्नताका कारण, जलवायु र प्रजातिहरूको विविधता यहाँ पाइन्छ। सन् २०१८ मा केरूङले २ लाख ४४ हजार ३ सय पर्यटक भित्र्याएको थियो।

सन् २०१८ मा केरूङको कुल सीमा व्यापार ३।४०५ बिलियन यूआन पुगेको जनाइएको छ। साथै केरूङको केन्द्रभागमा १३० वटा पसल भएको सपिङ कम्प्लेक्सको निर्माण गरिएको र ५० वटा पसलहरू नेपालीलाई भनेर छुट्याइएको शाक्यले बताए। 

नयाँ चीनको स्थापनाको ७० औं वार्षिकोत्सवको अवसरमा केरूङको गहन इतिहास र संस्कृतिको पूर्ण प्रदर्शन गर्दै तिब्बतको शिगाचे नगरपालिका पार्टी कमिटी र नगरपालिकाको संयुक्त तत्वधानमा केरूङमा दोस्रो अन्तर्राष्ट्रिय सीमा व्यापार, संस्कृति तथा पर्यटन महोत्सव आयोजना गरेको चिनियाँ सञ्चार माध्यमले जनाएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.