चितुवा समातिएसँगै भानुमा फेरि बालकको शव भेटियो
दमौली : चितुवा समातिएसँगै भानु नगरपालिकामा फेरि अर्का एक बालकको शव भेटिएको छ। स्थानीय होमराज लोहनी शारदा शिक्षा सदनको कक्षा दुईमा अध्ययनरत ऋतिक रोकाको शव सोमबार भेटिएको हो।
मृतक बालकको देब्रे खट्टा खाइसकेको अवस्थामा भेटिएको प्रहरीको भनाई छ। चितुवाको आक्रमणबाट १८ महिनामा ऋतिकसँगै ६ जना बालकको ज्यान गइसकेको छ। एक महिनाअघि एक बालिकामाथि सोही क्षेत्रमा आक्रमण भएको थियो।
घरबाट करिब २०० मिटर परको जंगलमा ऋतिक मृत भेटिएका हुन्। उनी घरबाट हराएपछि खोजी भएको थियो। आफन्त र सुरक्षाकर्मी खोजीमा हिँडेपछि उनको शव शारदा कलेज नजिकैको जंगलमा भेटिएको हो।
मृतक बालकको देब्रे खट्टा खाइसकेको अवस्थामा भेटिएको प्रहरीको भनाई छ। चितुवाको आक्रमणबाट १८ महिनामा ऋतिकसँगै ६ जना बालकको ज्यान गइसकेको छ। एक महिनाअघि एक बालिकामाथि सोही क्षेत्रमा आक्रमण भएको थियो।
डेढ महिनाअघि अर्का एक बालकको सोही क्षेत्रमा ज्यान गएपछि विशेष दस्ता परिचालनको तयारी भइरहेको छ। सोमबारै एक चितुवा पासोमा परेकै साँझ यो घटना भए पछि स्थानीय त्रस्त छन्।
प्रतिक्रिया दिनुहोस !