तराईमा सीमित रहेन छठ

तराईमा सीमित रहेन छठ

बुटवल : पुरानो बटौलीकी सीमा भट्टराईको परिवारमा छठलाई चाहिने सरसमान जुटाउने भ्याइनभ्याइ छ। केही दिनअघि तिहार मनाएको परिवारमा फेरि छठको रौनक छाइसकेको हो। पाल्पाबाट बुटवल बसाई आएको परिवारले चार वर्षदेखि छठ मनाउन थालेको हो।

‘छरछिमेकी छठ मनाउँथे, पहिला सँगै रमाइलो गर्‍यौं, अहिले आफैं ब्रत बसेर छठ मनाउँछौं’, उनले भनिन्, ‘भगवान् सबैका एउटै हुन्, आराधना गर्न मधेसी नै किन हुनुपर्‍यो र ? ’ तिनाउ किनारमा छठको तयारी गर्न उनको परिवार पनि जुटेको छ। सीमा मात्रै होइन, पहाडबाट बुटवलमा बसाई झरेकाहरू छठ मनाउँछन्। पछिल्ला वर्ष हिन्दुसँगै मुस्लिम समुदायसमेत छठमा रमाउँछन्।

पूर्वी तराईमा धुमधामसँग मनाइने छठ पश्चिम तराईमा समेत धुमधाम हुने गरेको छ। चतुर्थी तिथिबाट छठपर्वको ब्रत सुरु भएसँगै नदी तलाउमा छठ मनाउने स्थलको तयारी थालिएको छ। रूपन्देहीसहित कपिलवस्तु, नवलपरासी, बाँकेमा छठ पर्व धुमधामसँग मनाइन्छ। बुटवलको तिनाउ नदी किनारलाई झकीझकाउ बनाउन थालिएको छ। छठी माईको नाममा ब्रत र सूर्यको आराधना गरी तराईमा मनाइने छठ भैरहवा, बुटवल र ग्रामीण क्षेत्र बेथरी, बनगाई, धकधई, मर्चवार, लुम्बिनीलगायत क्षेत्रमा धुमधाम हुन्छ।

यसैगरी पाल्पा, गुल्मी, दाङमा समेत छठ पर्व मनाउन थालिएको छ। मधेसी समुदायको प्रभाव र भारतबाट फर्किएकाहरू छठ मनाउँदै आएका छन्। छठका लागि पहिलेदेखि नै पूजा गर्दै आएको ताल, तलैया, खोलानालामा सरसफाई गरी श्रृंगारपटार गरिएको छ। छठ पूजन समिति बुटवलको आयोजनामा तिनाउ नदी किनार, छठ पूजन समिति सिद्धार्थनगरको आयोजनामा सिद्धार्थनगर नगरपालिका ५ स्थित छठ पोखरीमा छठ पूजा हुँदैछ। छठ पोखरीमा पाँच दशकदेखि पूजा हँुदै आएको हो।

पूर्वीय संस्कृतिमाथि बिस्तारै पाश्चात्यको पकड बढिरहेको बेला यो पर्वको व्रतालु र श्रद्धालु बढ्नुले पनि यो पर्वको झन् महत्व बढ्दै गएको मानवअधिकारकर्मी रामदयाल ठाकुर बताउँछन्। छठ पर्व वैज्ञानिक दृष्टिले समेत महत्वपूर्ण रहेको चिकित्सक बताउँछन्। उनका अनुसार विशेषगरी छठमा सूर्यको उपासना गरिने र त्यही सूर्यको किरणमा भिटामिन डी पाइने भएकाले प्राणी जगतका लागि प्रत्यक्ष र अप्रत्यक्ष जीवन प्रदान गरिरहेको हुन्छ। सूर्यको आराधनाले छालासम्बन्धी रोग निको हुने जनविश्वास छ।

छठ पर्व मनाउन कपिलवस्तु नगरपालिका १ स्थित चपरतल्ला नालामा बनाइएको घाटमा सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। पर्व मनाउने स्थलको सरसफाई, गेट निर्माण, माटो पटान र सजावट लगायतको सबै तयारी पूरा भएको हो। यस वर्ष झन्डै ३० हजार श्रद्धालु नालामा पूजा गर्न आउने आयोजकको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.