छठका लागि जनकपुरमा पोखरी सजाइयो (तस्बिर)

छठका लागि जनकपुरमा पोखरी सजाइयो (तस्बिर)

जनकपुरधाम : छठ पर्वको पूर्वसन्ध्यामा जनकपुरधामका पोखरीलाई सजाइएको छ। मुख्यतः सन्तान प्रप्ती, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई भव्यता प्रदान गर्न जनकपुरधामका ऐतिहासिक पोखरीलाई युवा क्लव तथा संघ संस्थाले सजाएका छन्। 

जनकपुरधाम प्रसिद्ध गंगासागर, धनुषसागर, अंगराजसर, महराज सागर, अग्निकुण्ड, रत्नसागर, वाल्मीकिसरलगायतका दर्जनौ पोखरी र सरोबरलाई सरसफाई गरी विजुली बत्तीले सजाइएको प्रदेश सांसद रामअशिष यादवले बताए। 

छठमा चाहिने आवश्यक सामग्रीहरु केरा, दउरा, सुप्पा, ढकीया, धुप, उखु, भन्टा, बेसार, अदुवाको बोट आदि सामान किन्न आउने तथा बेच्न जानेको बजारमा चहल-पहल बढेको छ।

चार दिनसम्म मनाइने सम्पूर्ण शक्तिको श्रोत सूर्यको उपासनाको यो महापर्वको पहिलो दिन नुहाएर चोखो भइ खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत रुपमा सम्पन्न हुनेछ। छठको ब्रत अवधिभर माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामलल खान पाइदैन। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.