जादुई झोला

जादुई झोला

किमोन अचे एक भारतीय कार्टुन शृंखला हो। यो निकलोडियन इन्डियाबाट प्रसारण हुने गथ्र्यो। यो पहिलो भारतीय गैरपौराणिक कथामा आधारित कार्टुन हो। कार्टुनको कथा साधारण केटा रोहन तेन्दुलकरको जीवनमा आधारित छ। उसँग जादुई स्कुल ब्याग हुन्छ र ब्यागको नाम किमोन हो।

रोहन तेन्दुलकार नौ वर्षको हुन्छ। ऊ यो कार्टुनको प्रमुख पात्र पनि हो। उसलाई आफ्ना बाबुले जापानबाट एउटा झोला उपहार ल्याइदिन्छन्। त्यो झोला एक जादुई प्राणी हो। उसले अरू खेलौनासँग कुरा गर्न सक्छ र उनीहरूलाई मन्त्रमुग्ध बनाउन सक्छ। रोहनले चाहेको कुरा उक्त झोलाले गर्छ। त्यही झोलाको कारण रोहनको जीवन सधैंका लागि परिवर्तन हुन्छ।

यस कार्टुनका पात्रहरूका बारेमा पनि जानौं न त है।

किमोन अचे : किमोन यो कार्टुनको सानो र प्रमुख पात्र हो। ऊ स्कुल ब्यागका रूपमा एक जादुई प्राणी हो। ऊ टोयल्यान्डबाट आएको हो। टोयल्यान्ड यस्तो ठाउँ हो जहाँबाट सबै खेलौनाहरू आउँछन्। ऊ टोयलिस भाषा बोल्छ। टोयल्यान्डका सबै खेलौनाको भाषा टोयलिस हो। उसको जादुई मन्त्र हो, ‘अप्पल, पप्पल, चप्पल चाट, टोयलिसमे सुन्लो मेरी बात।’ ऊ बाँदर जस्तो देखिन्छ।

रोहन तेन्दुलकर : ऊ एक साधारण विद्यार्थी हो। उसले सधंै किमोनलाई आफ्नो समस्या जादुद्वारा समाधान गर्न भन्छ। रोहनले घरमा पहेँलो सर्ट र कालो पाइन्ट लगाउँछ। उसका साथीहरू राहुल, मिनी र सिड ऊ बस्ने घरको फ्ल्याटमा बस्छन्। पढाई र खेलकुदमा रोहन सामान्य छ। किमोनको कारणले उसले सधैं शिक्षकको सजाय भोग्छ। ऊ खेलकुदमा राहुल भन्दा राम्रो छ। कुनै कुनै एपिसोडमा उसले किमोनको जादुको दुरुपयोग गरेको छ।

राधा तेन्दुलकर : राधा रोहनकी आमा हुन्। उनले रोहनलाई धेरै माया गर्छिन्। तर रोहनले गलत गरेको समयमा उनी धेरै रिसाउँछिन्। उनी रोहनको बाबुसँग बस्छिन्।

राहुल : राहुल रोहनको स्कुलको साथी हो। उसले चस्मा लगाउँछ र शारीरिक रूपमा ऊ कमजोर छ। सिडले सधैं उसलाई पिट्छ र सधंै उसको खाजा खाइदिन्छ।

मिनी : मिनी राहुल र रोशनकी साथी हुन्। राहुल र रोशन दुवैले उनलाई माया गर्छन्।

कार्टुन : कार्टुन रोहनको टोयकर हो। किमोनले आफ्नो जादुले उसलाई जीवित बनाएको छ। उसले रोहनलाई विभिन्न संकेत गर्ने काम गर्छ।

बालाजी बोप्ता : बालाजी फुटबल हो। फुटबल खेल जित्नको लागि किमोनले उसलाई जीवित बनाएको हुन्छ। उसले गाउँले नेपाली बोल्छ।

डिजे डेन्जर : किमोनले जादुको प्रयोग गरेर उसलाई जीवित बनाएको हो। उसले गीत बजाउने काम गर्छ।

मिश्र सर : उनी रोहनका शिक्षक हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.