पेन्सिलको कथा

पेन्सिलको कथा

प्राचीन समयमा सानो ब्रुस वा बाँसको कप्टेरोलाई मसीमा चोपेर लेख्ने गरिन्थ्यो। रोमका मानिसले यसलाई ‘पेन्सिल’ भन्थे। छैटौं शताब्दीमा आएपछि युरोपमा हाँसको प्वाँखलाई कलमको रूपमा प्रयोग गरिन थालियो। यो क्रम करिब एक शताब्दीसम्म कायम रह्यो।

सोह्रौं शताब्दीमा आएर एउटा घटना भयो। एकपटक इङ्ल्यान्डको बोरोडेलमा एकदमै ठूलो आँधी आयो। आँधीले बोरोडेलस्थित ठूलो रूखलाई जरैदेखि उखेलिदियो। विशाल रूखको जरामुनि कालो खनिज पदार्थ देखियो। त्यो कालो सिसाको भण्डारजस्तै थियो। तर, त्यो कालो सिसा नभएर अति शुद्ध कोटिको ‘ग्रेफाइड’ थियो। जुन पेन्सिलमा प्रयोग गरिन्छ।

यस्तो राम्रो ग्रेफाइड त्योभन्दा पहिले इङ्ल्यान्डमा कहिल्यै पाइएको थिएन। त्यसपछि त्यहाँका स्थानीय गोठालाहरूले यसको प्रयोग आफ्ना भेडाहरूलाई चिन्न छापका रूपमा प्रयोग गर्न थाले। केही समयपछि यो रहस्य सहरियाहरूले थाहा पाए। सहरियाहरूले त्यसको सानो डन्डी काटेर लन्डनका विभिन्न पसल र व्यापारीहरूसमक्ष बाकस वा टोकरीमा ‘छाप लगाउन मिल्ने ढुंगा’का नाममा बेच्न थाले। यो कुरा अठारौं शताब्दीमा राजा जर्ज द्वितीयले थाहा पाए। त्यसपछि बोरोडेलले सम्पूर्ण खानीलाई आफ्नो नियन्त्रणमा लिए। सर्वाधिकार केवल राजामा भयो।

यही ग्रेफाइडलाई पेन्सिलका रूपमा विकास गरियो। आजको समयमा बन्ने १८ सेन्टिमिटर लामो पेन्सिलबाट ५५ किलोमिटर लामो रेखा बनाउन सकिन्छ भने कम्तीमा ५० हजार शब्द लेख्न सकिन्छ। यो घिसिँदाघिसिँदै सानो टुक्रा हुन्जेलसम्म १७ पटक ताछ्न सकिन्छ।

आधुनिक पेन्सिल करिब चालीस विभिन्न पदार्थको मि श्रणबाट बन्छ। अचेल सर्व श्रेष्ठ गे्रफाइड श्रीलंका, मेडागास्कर र मेक्सिकोमा पाइन्छ भने खरी जर्मनीमा पाइन्छ। तर, ग्रेफाइड र खरीको मिसावट तयार पार्न मेसिनमा प्रयोग गरिने ‘चम्किला ढुंगा’ बेल्जियम र डेनमार्कको समुद्री तटमा पाइन्छ।

के बाट बन्छ पेन्सिलको खोल ?

पेन्सिलको कभर देवदारको काठबाट बनाइन्छ। यो काठ क्यालिफोर्नियाबाट ल्याइन्छ, जुन दुई सय वर्ष पुरानो वासनायुक्त रूख हुन्छ। उक्त काठको रेशा सीधा हुन्छ भने यसको रङ प्रायः पहेँलो र बदामी हुन्छ। यो काठ नरम भएकाले यसमा मोम चढाउन, रंगाउन र ताछ्न सजिलो हुने गर्छ। त्यसैले यो राम्रो र उपयोगी मानिन्छ। सुरुमा यो काठको टुक्रालाई चौकुने बनाएर काटिन्छ र ती टुक्रालाई सुकाइन्छ। सुकाइसकेपछि पाँच मिमी मोटाइ, ७० मिमी चौडाइ र एक सय ८५ मिमी लामो भागलाई फेरि काटिन्छ।

ती टुक्रालाई रंगाएर मोम चढाएर पेन्सिल बनाउनेहरूसमक्ष पठाइन्छ। त्यसमा ग्रेफाइड हाल्ने खाँचा बनाएर हालिन्छ र बराबर रूपमा काटिन्छ। यही तरिकाबाट तीन सयभन्दा बढी डिभाइनका पेन्सिल तयार गर्ने गरिन्छ। यिनै पेन्सिलमध्ये एक पेन्सिल डाक्टरहरूले अपरेसन गर्नुभन्दा पहिले बिरामीको छालामा छाप बनाउन प्रयोग गर्छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.