आलमविरुद्ध तीन मुद्दा, ३२ वर्ष कैद माग

आलमविरुद्ध तीन मुद्दा, ३२ वर्ष कैद माग

गौर : निलम्वित सांसद मोहम्मद अफताव आलमविरुद्ध ३२ वर्ष कैद सजाय मागदाबीसहित तीनवटा मुद्दा चलाइएको छ। कर्तव्य ज्यान मुद्दामा २० वर्ष, ज्यान मार्ने उद्योगमा १० र विस्फोटक पदार्थसम्बन्धी मुद्दामा दुई वर्ष कैद सजाय मागदाबी गरिएको रौतहटका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले बताए।

जिल्ला सरकारी वकिल कार्यालयले सोमबार दिउँसो नेता आलमसहित ११ जनाविरुद्ध जिल्ला अदालत गौरमा अभियोगपत्र दायर गरेको हो। मृतकका परिवारलाई क्षतिपूर्तिको मागसमेत गरिएको छ। बम विस्फोटका दुई घाइतेसहित १२ जना मारिएको भन्दै मुद्दा दर्ता भएको न्यायाधिवक्ता कटुवालले बताए। आलमसहित मोहम्मद महताव आलम, शेख भदई, मोहम्मद मोविन आलम, शेख शेराज, बद्री सहनी, शेख फजलेहक, सगिर आलम, शेख जमुनई, गौरीशंकर साहलगायतलाई प्रतिवादी बनाइएको छ।

यो मुद्दामा मंगलबार थुनछेक बहस सुरु हुने जनाइएको छ। सरकारी पक्षबाट सहन्यायाधिवक्ता सूर्यराज दाहाल, उपन्यायाधिवक्ता अर्जुन कोइराला र पर्सा जिल्लाका न्यायाधिवक्ता रुद्रप्रसाद पन्थी बहस गर्न रौतहट आउने भएका छन्।

जिल्ला अदालत गौरमा मोहम्म अफताव आलमबिरुद्ध मुद्दा दर्ता गर्दै सरकारी वकिल कार्यालयका कर्मचारी। तस्बिर : फणि महत

संविधानसभा निर्वाचनमा धाँधलीका लागि ल्याएको बम २०६४ चैत २७ गते आलमका काका शेष इद्रिसको गोठमा विस्फोट भएको थियो। त्यसमा घाइते तथा मृत्यु भएकाहरूलाई इँटाभट्टामा लगेर जलाएको आरोपमा असोज २६ गते आलम पक्राउ परेका थिए। अनुसन्धानका क्रममा १२ भन्दा बढी व्यक्तिसँग बयान लिइएको प्रहरीले जनाएको छ। पूर्वप्रहरी, त्यस समय राजपुरमा खटिएका प्रहरी अधिकृत, प्रत्यक्षदर्शी, घटनाका घाइते भनिएकासँग प्रहरीले बयान लिएको थियो। मृतक तथा घाइते ओसार्न प्रयोग गरेको भनिएको ट्र्याक्टर तथा घाइतेको उपचार गरिएको भारत मोतिहारीस्थित अस्पतालको रिपोर्ट प्रहरीले संकलन गरेको छ।

सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले २०७५ चैत ८ गते पछिल्लो पटक जिल्ला प्रहरी कार्यालयलाई १२ वर्षअघिको घटना अनुसन्धान गर्न पत्राचार गरेको थियो। त्यसपछि उक्त घटनाका मुख्य आरोपित नेता आलम पक्राउ परेका हुन्।

यमुनामाई गाउँपालिका-४ का त्रिलोकप्रताप सिंहका बाबु श्रीनारायण सिंह र ओसी अख्तरकी आमा रोक्साना खातुनले आलम, उनका भाइ मोहम्मद महताब आलम, मोबिन आलम, शेख भदई र शेख सवेजविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए। त्रिलोक र ओसीलाई इँटाभट्टामा हालेर मारेको उनीहरूको उजुरीमा उल्लेख थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.