६६ वर्षीय पुरुष २७ वर्षदेखि दुलहीको भेषमा !

६६ वर्षीय पुरुष २७ वर्षदेखि दुलहीको भेषमा !

 काठमाडौं : भारतको उत्तर प्रदेशको जयपुर सहरमा एक ६६ वर्षीय पुरुष २७ वर्षदेखि दुलहीको भेषमा रहेको पाइएको छ। परिवारका करिब एक दर्जन सदस्यको मृत्यु भएपछि उनले यो भेष अनपाउँदै आएका हुन्।उनले परिवारमा बाँचेका अन्य  सदस्य बचाउन आफूलाई दुलहीको रुपमा बदलेको बताएका छन्।

उनी प्रत्येक दिन रातो साडी, गरगरहना, नाडीभरी चुरा र सिन्दुरमा सजिले गर्छन्।हेर्दा साँच्चिकै दुलहीजस्तै देखिन्छन्। जैनपुर जिल्लाको हौज गाउँका चिन्ताहरण चौहनले १४ वर्षको उमेरमा विवाह गरेका थिए। विवाह गरेको केही समयपछि उनकी श्रीमतीको मृत्यु भएको थियो।

त्यसपछि उनी पश्चिम बंगालको दिनाजपुरमा एक इँटाभट्टामा काम गर्न थाले। त्यहाँ उनले मजदुरलाई खानाका लागि अनाज खरिद गर्थे। उनी त्यहाँको एउटा पसलबाट नियमित सामान खरिद गर्थे। काम गर्ने शिलशिलामा व्यापारीसँग उनको घनिष्ट सम्बन्ध बढ्दै गयो। त्यहाँ काम गरेको ४ वर्षपछि उनले सोही व्यापारीकी छोरीसँग विवाह गरे।

तर उनको परिवारले विवाहलाई स्वीकार गरेन।पछि चौहानले ती बंगाली श्रीमतीलाई तुरुन्त छोडेर घर आए।केही समयपछि उनकी ती बंगाली श्रीमतीले आत्महत्या गरिन्।

उनले फेरि तेस्रो विवाह गरे।विवाहको केही महिनापछि उनकी श्रीमती बिरामी परिन्।परिवारका अन्य सदस्य पनि बिरामी परे।अकस्मात बिरामी परेका चिन्ताहरणका बुवा, आमा, श्रीमती, दुई छोरा र उनको भाइको मृत्यु भयो।यो घटना सेलाउन नपाउँदै उनका भाइहरुका तीन छोरी र चार छोराको पनि मृत्यु भयो।

चौहानका अनुसार आत्महत्या गरेकी उनकी बंगाली श्रीमती बारम्बार सपनामा आउन थालिन्।उनले आफूलाई धोका दिएको आरोप लगाउन थालिन्।एक दिन सपनामा आफूले उनीसँग माफी मागेको र आफूलाई र आफ्नो परिवारलाई माफ दिन बिन्ति गरे। त्यसपछि श्रीमतीले दुलहीको भेषमा रहेर आफूलाई संझन आग्रह गरिन्। चौहानले भने, 'श्रीमतीको कुरामा सहमति भएँ र दुलहीको भेषमा रहँदै आएको हुँ।'

उनका अनुसार आफू दुलहीको भेषमा बदलिएपछि परिवारका सदस्यको मृत्यु भएको छैन।उनका दुई छोराको स्वास्थ्य अवस्था ठिक छ।सुरुमा दुलहीको भेषमा सजिदा गाउँलेले हाँसिमजाक गरेको उनले बताए।परिवारका सदस्य बचाउन आफूले यसो गरेको उनको दावी छ।कसैले चिन्तामरणको पागलपन या अन्धविश्वास भनेपनि उनी स्त्रीरुप धारण गरेरै भएपनि आफ्ना दुई सन्तान हुर्काउँदैछन्।

एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.