कालोपत्रे सडकमा खाल्डा-खुल्डी

कालोपत्रे सडकमा खाल्डा-खुल्डी

दाङ : दाङ-सल्यान-रुकुमलाई जोडने राप्ती राजमार्ग जीर्ण बन्दै गएको छ। दाङको अमिलियादेखि रुकुम मुसिकोटसम्मको मुख्य सडकको रुपमा रहेको राप्ती राजमार्ग नियमित मर्मत नहुँदा जीर्ण बन्दै गएको हो। 

चार वर्षदेखि उक्त सडक मर्मत समेत गरिएको छैन। सडक जीर्ण हुँदा सवारी दुर्घटनाको जोखिम बढाएको छ। तुलसीपुरदेखि रुकुमसम्मको राप्ती राजमार्ग पुरै जीर्ण छ। अधिकांश सडकमा भएको ओटासिल कालोपत्रे उक्किएको छ। सडकमा ठूला-ठूला खाल्डा परेका छन्। 

सडकको अवस्था जीर्ण बन्दै गएपछि सडक दुर्घटनाको जोखिम पनि बढ्दै गएको सवारी चालक बताउँछन। सल्यान बाघचौरका नवराज घर्ती मगरले भने, ‘बाटोकै कारण साना सवारी साधन सास्ती छ। यही अवस्थामा सडक रहयो भने जतिबेला नि ठूलो दुर्घटना हुन सक्छ।’

२०७० सालमा सडक कालोपत्रे गरिएको थियो। त्यसको नियमित मर्मत नभएपछि अहिले जीर्ण बन्दै गएको हो।

सडक डिभिजन कार्यालय दाङले भने सडक मर्मतको काम भइरहेको बताएको छ। डिभिजन कार्यालयका इन्जिनियर लिलाबहादुर भण्डारीले राप्ती राजमार्गको अवस्था नाजुक रहेको र मर्मतको काम सुरु भएको बताए। मर्मतको ठेक्कासमेत लागेर  केहिस्थानमा मर्मत सुरु भएको उनले जानकारी दिए। 

प्रहरीको तथ्याङ अनुसार तुलसीपुरदेखि रुकुमखौलासम्मको सडकखण्डमा आर्थिक वर्ष २०७१/७२ देखि अहिलेसम्म दुई सय पटक बढी सवारी दुर्घटना भइसकेको छ। २०४२ साल तिर राप्ती राजमार्गको तत्कालीन प्रधानममन्त्री मरिचमान श्रेष्ठले ट्रयाक खोलेका थिए। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.