दयाबाट धोका
दयाहाङ राई अनुशासित कलाकारका रूपमा चिनिन्छिन्। बोलेको कुरा हत्तपत्त टार्देनन्। तर, यो पटक दयाको बोलीले पनि धर्म छाडेको छ। दयाले अन्तिम समयमा सुटिङबाट हात झिकेपछि ‘लप्पनछप्पन २’ निर्माताले राम्रै घाटा बेहोरेका छन्।
दया ‘लप्पनछप्पन’को पहिलो भागमा प्रहरीको भूमिकामा थिए। दोस्रो भाग बन्ने भएपछि निर्माता÷निर्देशकले उनलाई फेरि त्यही भूमिकाको निरन्तरताका लागि आग्रह गरे। दयाले पनि नाइँनास्ति गरेनन्। दशैँअघि युरोपको सेड्युल सक्ने मनसायले बेल्जियममा सुटिङ भयो। तर, विविध कारणले सुटिङ पूरा भएन। कलाकारको टोली सेल्फी खिचेर फर्कियो।
दशैँलगत्तै फिल्मको सुटिङ अस्ट्रेलियामा थियो। तर, दयाले यतिञ्जेलसम्ममा कवि÷लेखक उपेन्द्र सुब्बाको फिल्मका लागि समय दिइसकेका थिए। दयाले दुइटामध्ये एउटा फिल्म छाड्नुपर्ने थियो। उनले ‘लप्पनछप्पन २’ छाडे। सुटिङमा नगएको फिल्म छाड्दा केही फरक पर्ने थिएन, तर दयाले फिल्मको केही भाग सुटिङ गरिसकेका थिए। अहिले उनको ठाउँमा शिव श्रेष्ठका छोरा खेल्ने खबर छ। भित्री कथा जेसुकै होस्, बाहिरबाट हेर्दाले दयाले ‘लप्पनछप्पन २’लाई धोका दिएकै देखिन्छ। के यो दया स्टार भएको लक्षण हो ?