दाङमा आचार्यको उम्मेदवारी दर्ता

दाङमा आचार्यको उम्मेदवारी दर्ता

दाङ : मंसिर १४ गते हुने उपनिर्वाचनको मनोनयन दर्ता दाङमा बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीमा हुँदैछ ।  दाङमा निर्वाचन क्षेत्र नम्बर ३ 'ख' प्रदेश सभा सदस्य पद र घोराही उपमहानगरपालिका १६ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ।

नेपाली कांग्रेसले साढे ११ बजे मनोनयन दर्ता गरेको छ । नेपाली कांग्रेसबाट केशव आचार्यले मनोयन दर्ता गरेका हुन्। यस्तै नेकपाबाट बिमला वली  मनोनयनको दर्ताको क्रममा छिन्। अन्य दलहरुले उम्मेदवारी दर्ता गराउने क्रममा छन् ।

उपनिर्वाचनका लागि मनोनयन दर्तालाई व्यवस्थित र शान्ति पूर्ण रुपमा गराउन मुख्य निर्वाचन कार्यालयले समय समेत तोकिदिएका छ। साँढे १ बजेसम्म तोकिएको मनोनयन दर्ताको समयलाई शक्ति प्रर्दशनका रुपमा दलहरुले लिने भएकाले संम्भावित दुर्घटना हुन नदिन समय निर्धारण गरिएको हो । उपनिर्वाचनमा नेकपा र नेपाली कांग्रेस बीच प्रतिस्पर्धा हुने बढी संम्भावना छ ।

नेकपाका वली सवारी दुर्घटनामा निधन भएका नेकपाका प्रदेश सभासदस्य उत्तरकुमार वलीकी श्रीमती हुन् भने कांग्रेसका आचार्यलाई प्रजातान्त्रिक आन्दोलनमा सक्रिय व्यक्तित्वका रुपमा लिने गरिन्छ ।

त्यसबाहेक राप्रपाबाट भुपाल रावत,राप्रपा संयुक्तबाट छोटीलाल चौधरी, समाजबादी पार्टी डिल्लीबहादुर डाँगी,साझा पार्टी सेवकराम चौधरी, राष्ट्रिय जनमोर्चाबाट डिलाराम बुढाथोकी, नेकपा माले हरिप्रसाद डाँगीलगायतका दलले पनि मनोनयन दर्ता गर्ने तयारीमा छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.