ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

डोटी : डोटीको शिखर नगरपालिका १० खन्नेखोलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिबार बेलुका ७ बजे दिपायलबाट डडेल्धुरातर्फ जाँदै गरेको से २ त २६५१ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए।

दुर्घटनामा घाइते भएका ट्याक्टर चालक धनगढी उपमनपा ४ उत्तरबेहडी कैलाली घर भएका ३२ वर्षीय अनिल चौधरीको उपचारको क्रममा प्रादेशिक अस्पताल कैलालीमा आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.