दाङमा गोली चल्यो, तीन लुटेरा पक्राउ
दाङ : लुटेरालाई पक्राउ गर्न दाङ प्रहरीले गोली चलाएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरले तीन जना लुटेरा पक्राउ गर्न सोमबार बिहान दुई राउण्ड गोली चलाएको हो।
व्यक्तिहरुलाई तर्साउने, धम्काउने र लुट्ने काम गरिरहेका तीनजनाई नियन्त्रणनमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरमा प्रमुख हरिहर नाथ योगीले बताए। एक व्यक्तिलाई लुटिरहेका बेला गोली चलाउनु परेको उनले बताए।
ब्ल्याकमेलिङ गरेका लुटेराको समूहलाई ५ लाख रुपैयाँ बुझाउने क्रममा तुलसीपुर–३ खमारीको जंगलमा प्रहरीले गोली चलाएको हो। घटनामा संलग्न लुइटेरा समूहको नाइके फरार रहेको र खोजी भइरहेको योगीले जानकारी दिए।
पक्राउ पर्नेहरुमा तुलसीपुर-३ खमारीका विमल वली, नविन नेपाली र दुजबहादुर खत्री रहेका छन्। घटनामा संलग्न अन्य सोही ठाउँका ईश्वर पुन र अर्जुन पुन फरार रहेको डीएसपी योगीले जानकारी दिए।
उक्त समूहले गत शनिबार युवतीसँग रहेका एक व्यक्तिलाई कुटपिट र लुटपाट गरी नाङ्गो भिडियो बनाएर ब्ल्याकमेलिङसमेत गरेको प्रहरीले जनाएको छ।