सीमामा भारतीय अतिक्रमण : आफ्नै खेतमा जान निषेध, घर निर्माणमा अवरोध

सीमामा भारतीय अतिक्रमण : आफ्नै खेतमा जान निषेध, घर निर्माणमा अवरोध

महेन्द्रनगर :‘२०५८ सालको कुरा हो खेतमा लामालामा धानका बाला झुलेका थिए। भारतीय सीमा सुरक्षा बल (एसएसबी) आएर पूरै काटिदियो’, जग्गाधनी करन सुनारले विगत सम्झँदै भने, ‘त्यो बेलादेखि त्यहाँ खेती त के हेर्नसमेत पाएका छैनौँ।’ 

कञ्चनपुरको पुनर्वास नगरपालिका–४ का करनबहादुर सुनारको हातमा नेपाल सरकारको लालपुर्जा छ, जग्गा पनि छ तर उपभोग गर्न नपाएको १८ वर्ष भइसक्यो।
सुनारको करिब एक बिघा जग्गा भारतीयको कब्जामा छ। अहिले भारतीय सीमा सुरक्षा बल (एसएसबीले) सो जग्गामा जान पनि निषेध गरेको छ। ‘खेतमा जाँदा एसएसबी आएर पक्राउ गरेर लग्ने गरेको सुनारले बताए। 

  सुनारले भारतको कब्जामा रहेको जग्गा छुटाइदिन विभिन्न निकायसामु हारगुहार गर्दा पनि कतैबाट सुनुवाइ नभएको गुनासो गरे। ‘हामीले नेपाल सरकारलाई कर तिरिरहेका छौं, लालपुर्जा हातमा छ’, सुनारले भने, ‘२०५८ सालमा राजा धनगढीमा आएको बेला लिखित कागज राजाको हातमा दिएको हुँ केही सुनुवाइ भएन।’

२०३१ सालदेखि पुर्नवासमा बसोबास गरिरहेका ६९ वर्षीय मानबहादुर सुनारले पिल्लर गायब हुँदा सीमामा किचलो भइरहेको बताए। ‘एसएसबीले धान काटेर लग्यो हामी खुकुरी लिएर पुग्यौं, गोली ठोक्ने डरले हामी पारि जानै सकेनौं’ उनले भने।

सीमा विवादकै कारण नेपाल–भारत सीमा क्षेत्रमा पर्ने आनन्द बजार नजिक कल्भर्ट निर्माणको विषयमा विवाद हुँदा भारतीय सुरक्षाकर्मीको गोली लागेर गोविन्द गौतमको ज्यान गएको थियो। 

सीमास्तम्भ नभए पनि भारतले कल्भर्ट नजिक रहेको सिमलको रुख सीमास्तम्भको रूपमा लिने गरेको स्थानीयको भनाइ छ। अहिले एसएसबीले बनाएको क्याम्पबाट दुई सय मिटर दक्षिणतर्फ पुरानो बाटो रहेको दाबी गर्दै नेपालको भूमिमा एसएसबीको क्याम्प रहेको स्थानीयको दाबी छ। 

घर निर्माणमा अवरोध

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रम्हदेवका मुक्तहलिया परिवारलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले घर निर्माणमासमेत रोक लगाएको छ।
मुक्तहलिया परिवारले २०५१ सालदेखि भोगचलन गर्दै आएको जग्गा भारतले आफ्नो भूमि भन्दै घर निमार्णमा रोक लगाएको लक्ष्मी सार्कीले बताइन्। गत असारमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले घर बनाउन नदिँदा अहिलेसम्म घर अधुरै भएको दुखेसो उनले पोखिन्। 

‘हामी यहाँ बसेको २५ वर्ष भैसक्यो’, सार्कीले भनिन्, ‘अहिले आएर भारतले हाम्रो हो भनेर घरै बनाउन दिँदैन।’ उनीजस्तै खडक सार्की, बाली सार्की, मदन सार्की र परदेशी दमाइलाई पनि घर निर्माण गर्नबाट रोकिरहेको छ। घरको छत राख्न नपाएपछि उनीहरु छतमा त्रिपालहालेर बस्न बाध्य छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.