रौतहटको मठिया प्रहरी चौकीमा बम विष्फोट : प्रहरी जवान घाइते

रौतहटको मठिया प्रहरी चौकीमा बम विष्फोट :  प्रहरी जवान घाइते

रौतहट:  रौतहटको इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा बम विष्फोट भएको छ ।

मंगलबार दिउँसो बम विष्फोट हुँदा  प्रहरी जवान रन्जित यादव घाइते भएका छन् ।  बम प्रहार गर्ने भारत बिहारको ढाका घर भएका भारतीय नागरिक चन्दनकुमार पक्राउ परेका छन् । 

प्रहरी चौकी मठिया इसनाथ नगरपालिका ४ मा पर्दछ । नेपाल भारत सीमा नजिकै चौकी रहेको छ । चौकी अगाडी सेन्ट्री बसेका प्रहरीलाई  लक्षित गरी बम प्रहार गरेका हुन् । 

मोटरसाइकलमा आएका युवाले प्रहरीलाई लक्षित गरेर बम प्रहार गरेका हुन् । प्रहरीले भारतीय नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
    
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.