मुसिकोटमा डिग्रे मेला सम्पन्‍न : साढे एक लाख भक्तजनले गरे अवलोकन

मुसिकोटमा डिग्रे मेला सम्पन्‍न : साढे एक लाख भक्तजनले गरे अवलोकन

रुकुम :  कर्णाली प्रदेशकै प्रशिद्ध धार्मिकस्थल रुकुम (पश्चिम)को मुसिकोट नगरपालिकामा रहेको डिग्रे शाईकुमारी मन्दिरमा साढे एक लाख भक्तजनले पूजापाठ तथा दर्शन गरेका छन् । गत शुक्रबारदेखि सुरु मेलाको मंगलबार अन्तिम दिनसम्म करिब एक लाख ५० हजार भक्तजनले पूजापाठ गरेको मेला व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीले जानकारी दिए।

मुसिकोट नगरपालिका ५ थर्पुमा रहेको डिग्रे मन्दिरमा हरेक वर्षको हरिबोधनीएकादशीदेखि पूर्णीमासम्म पूजापाठ तथा मेला सञ्चालन हुने गर्दछ । डिग्रे मन्दिरमा पूजापाठ गरेमा मनले चिताएको पुरा हुन्छ भन्ने धार्मिक विश्वासका साथ यहाँ भक्तजनले पूजा गर्ने गर्दछन् । डिग्रे मन्दिरमा पूजापाठ गर्नका लागि नेपालका विभिन्न ठाउँबाट भक्तजन रुकुम पुगेका थिए ।

नेपालका साथै विदेशीपर्यटकले समेत डिग्रे मन्दिरमा पूजापाठ गरेको अध्यक्ष केसीले जानकारी दिए। डिग्रे मन्दिरमा अवलोकनका लागि नेपालका साथै भारत, कोरिया, जापान, बेलायतलगायतका देशबाट भक्तजन यहाँआएको उनको भनाई छ ।

 
यस वर्ष डिग्रे मन्दिरमा नौ सय २९ वटा बोकाको बली चढाइएको समितिले जानकारी दिएको छ । उक्त बोकाको टाउको बिक्रीबाट मन्दिरमा तीन लाख २७ हजार रुपैयाँ संकलन भएको समितिका सचिव चुडामणी गौतमले बताए ।

धार्मिक तथा पर्यटकीय हिसाबले जिल्लाकै महत्वपूर्ण क्षेत्रका रुपमा समेत डिग्रे मन्दिरलाई लिने गरिएको यहाँका स्थानीय बरिष्ठ अधिवक्ता डा. नबराज गौतमको भनाई छ । मन्दिरमा पूजापाठ गरेपछि धन, पुत्र  र अन्न प्राप्त हुने समेत विश्वास रहेको उनले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.