तनहुँमा नरभक्षी पोथी चितुवा नियन्त्रणमा

तनहुँमा नरभक्षी पोथी चितुवा नियन्त्रणमा

दमौली : लामो समयदेखि बालबालिकामाथि आक्रमण गरिरहेको ठानिएको एक पोथी चितुवालाई भानु नगरपालिका १ जामुनेगैह्रामा पासोमा पारिएको छ ।

वन डिभिजन तनहुँले तयार पारेको पासोमा उक्त पोथी चितुवालाई नियन्त्रणमा राखिएको हो । फलामका आधुनिक पासोमा चितुवा नपरेपछि स्थानीय हरिभक्त ढकालको सहयोगमा विभिन्न वनमा पासो राखिएको थियो । त्यही मध्येको भीमसेन थुम्की सामुदायिक वनमा राति चितुवा पारेको अवस्थामा बिहान भेटिएको बरालले बताए ।

विज्ञहरुका अनुसार हालसम्म जति पनि बालबालिकामाथि आक्रमण भएका छन््, ती सबैमा पोथी चितुवाको संलग्नता पाइएको छ । ‘नियन्त्रणमा परेको पोथी चितुवा नै भएको खुलेको छ’ डिभिजन प्रमुख केदार बरालले भने, ‘तर यो बाहेक अरु पनि पोथी चितुवा जंगलमा रहेको आशंका छ ।’

केही सातायता चितुवा नियन्त्रणका लागि वन्यजन्तु विभागबाट खटिएका विज्ञ नरेश सुवेदीले वनमा अझै पनि सातवटा जति चितुवा रहेको अनुमान गरेका थिए । ‘यहाँ एकभन्दा बढी पोथी चितुवा भएकैले आक्रमणका घटना बढेका हुन्, उनले भने । हाल नियन्त्रणमा लिइएको चितुवा चितवन राष्ट्रिय निकुञ्जमा पठाइएको छ । 

नियन्त्रणका लागि क्यामेरासहित निगरानी

६ बालबालिकाको ज्यान गइसकेपछि अवस्था विकराल रहेको ठहर गर्दै प्रदेश सरकारले स्थानीय तह र वन डिभिजनमार्फत परिचालनका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।सोही क्रममा विभागबाट विज्ञसहितको टोली अहिले भानुमा छ । टोलीले अझै पनि चितुवा नियन्त्रणका लागि गस्ती र निगरानी गरिरहेको छ ।

भानुका १ देखि ४ सम्मका वडामा टोलीले काम गरिरहेको छ । ‘चितुवाको नियन्त्रणका लागि ठाउँ ठाउँमा क्यामेरासहित निगरानी भइरहेको छ । सोही आधारमा गस्ती र पासो थप्ने काम भइरहेको छ,’ उनले भने । यस्ता क्यामेरा तीन प्रमुख वनमा राखेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.