खुल्लामञ्च सँगैको दुईमाजु मन्दिरमा व्पापारीको मनपरी

खुल्लामञ्च सँगैको  दुईमाजु मन्दिरमा व्पापारीको मनपरी

काठमाडौं : खुल्लामञ्च सँगैको अवैध संरचना हटाउन गुठी संस्थान असफल भएको छ। तीन साताअघि दुईमाजु मन्दिर परिसरका पसल हटाउने निर्णय गरे पनि संस्थान कार्यान्वयन गर्न असफल भएको हो। कात्तिक ६ गते गुठी संस्थानले दुईमाजु परिसरमा पसल राख्ने सम्झौता खारेज गरेको थियो। संस्थानले तिहारलगतै संरचना हटाउन भन्यो। तर सम्झौता भंग भएको यतिका दिनसम्म पनि संस्थानले संरचना हटाउने तदारुकता देखाएको छैन।

मन्दिर परिसरमा व्यवसाय सञ्चालन गर्दै आएकाहरूले क्षतिपूर्ति माग गर्दै जिल्ला अदालतमा अमृता भट्टराईविरुद्ध मुद्दा दायर गरेपछि संरचना हटाउन असमर्थ भएको गुठी संस्थानका प्रवक्ता सरोज थपलिया बताउँछन्। ‘सम्झौता भंग भएको भोलिपल्ट व्यवसायीले मुद्दा दायर गरेका छन्। फैसला नआएसम्म केही भन्न सकिन्न’, थपलियाले भने।

गुठी संस्थान सम्झौता अनुसार अघि बढ्नुपर्ने सम्पदा अभियान्ता गणपतिलाल श्रेष्ठ बताउँछन्। ‘संस्थानले मुख्य सम्झौता भट्टराईसँग गरेको हो, सम्झौता भंग भएपछि संस्थान सोही अनुसार अघि बढ्नु पर्छ’, उनले भने।

सरसफाइको मात्र जिम्मा दिएको मन्दिर परिसरमा संरचना बनाउने कुनै सम्झौता भएको थिएन। गुठी संस्थान र भट्टराईबीच भएको १३ बुँदे सम्झौतामा पनि व्यवसाय सञ्चालन गर्ने उल्लेख छैन। तर यहाँ रेडिमेड कपडा, फलफूल पसल, झोला, उपहार आदिका पसर सञ्चालन छन्।

गुठी संस्थानबाट पसल राख्न गोरखा भीमसेन गाउँपालिका तान्द्राङ-७ की अमृता भट्टराईलाई पाँच वर्षको अनुमति दिएको थियो। ०७५ मंसिर २१ मा काठमाडौं महानगर-२८ अन्तर्गत उक्त मन्दिर परिसरको खाली जग्गामा व्यवसाय गर्न भन्दै गुठी संस्थानबाट सम्झौता भएको हो। मन्दिर परिसरको सरसफाइ गर्ने जिम्मेवारी पाएकी भट्टराईले १७ अन्य व्यवसायीलाई करारमा पसल सञ्चालन गर्न दिइन्। यो स्थानमा व्यवसाय सञ्चालन गर्न भट्टराईले प्रतिस्टल १५ हजार रुपैयाँ भाडा लिँदै आएकी छन्।

महानगरपालिका र गुठी संस्थानको मिलेमतोमा उक्त स्थान कब्जामा परेको हो। गुठी संस्थानको अनुमतिमा सार्वजनिक स्थल खुल्लामञ्चमा टहरा बन्न थालेपछि जनस्तरबाट चर्को विरोध भएको छ। अहिलेको अस्थायी बसपार्क भित्र रहेको यो स्थल स्थानीयको पूजापाठ गर्ने ठाउँ हो।

तिहार अघि सम्पदा प्रेमी, स्थानीय र अभियान्ताले ‘दुईमाजु गुठी दोहन गर्न बन्द गर, तत्काल व्यापारिक सम्झौता रद्द गरी खुल्ला गर’, भन्ने नारा सहित खुल्लामञ्चमा धर्ना दिएका थिए।

काठमाडौं महानगरकी अनुगमन समिति प्रमुख तथा उपमेयर हरिप्रभा खड्गीले गुठी संस्थानको केन्द्रीय कार्यलयमा पुगि दुईमाजु गुठीको सम्झौता खारेज गर्न र जनभावना अनुसार काम गर्न सुझाएकी थिइन्।

गुठी संस्थान कालमोचन शाखाका प्रमुख शैलेन्द्र पौडेल तिहारलगतै संरचना हटाउने भनिएपनि अझै एक महिना समय लाग्ने बताउँछन्। ‘गुठी संस्थान र सम्झौता पक्षबीच समन्वय हुन बाँकी छ’, प्रमुख पौडेलले भने, छलफल पछि सबै पसल हट्ने छन्।’

मन्दिर परिसरमा सरसफाइ गर्ने जिम्मेवारी पाएकी भट्टराईले सम्झौता खारेज गर्न तिहार अघिनै गुठी संस्थानमा निवदेन दर्ता गराएकी थिइन्। त्यसलगतै गुठी संस्थानले खारेज गर्ने प्रक्रिया अघि बढाए पनि संरचना हटाएन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.