उपाधि जोगायो लिटल फ्लावरले

उपाधि जोगायो लिटल फ्लावरले

धनगढी : ‘निस्ट कलेज लिटल फ्लावर प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ को उपाधि लिटल फ्लावर स्कुल धनगढीले जितेको छ। प्रतियोगिताको यो चौथो संस्करण हो। संस्कार क्रिकेट एकेडेमीद्वारा आयोजित उक्त प्रतियोगिताको मंगलबार भएको फाइनलमा लिटल फ्लावरले हिमालय ह्वाइटहाउस वल्र्ड स्कुल काठमाडौंलाई नौ विकेटले हरायो। कप्तान विपिन रावल र सुवास ऐरले उत्कृष्ट प्रदर्शन गरेपछि लिटल फ्लावरको जित सम्भव भएको थियो।

लिटल फ्लावरले लगातार दोस्रो पटक उपाधि चुमेको हो। तेस्रो संस्करणमा लिटिल बुद्ध एकेडेमीलाई हराएर लिटल फ्लावर च्याम्पियन बनेको थियो। उपाधिसँगै लिटल फ्लावरले दुई लाख रुपैयाँ नगद पुरस्कार पनि हात पार्‍यो। उपविजेता हिमालय ह्वाइटहाउसले एक लाख रुपैयाँमा चित्त बुझायो। टस जितेर पहिले ब्याटिङ राजेको हिमालय ह्वाइट हाउसले एक सय ३७ रन बनायो। जवाफमा लिटल फ्लावरले ११ बल बाँकी रहँदै विजयलक्ष्य पूरा गर्‍यो।

लिटल फ्लावरको जितमा सुवास ऐर र कप्तान विपिन रावलले उत्कृष्ट प्रदर्शन गरे। सुवासले ५४ बलमा तीन छक्का र नौ चौकाको मद्दतले अविजित ६८ रनको योगदान गरे। विपिनले ३८ बलमा तीन छक्का र चार चौकाको मद्दतले ४७ रन बनाए। दुवै ओपनर ब्याट्सम्यानले एक सय तीन रनको साझेदारी गरे। नरेन भट्ट १२ रनमा अविजित रहे। त्यसअघि हिमालय ह्वाइटहाउसका लागि ओपनरद्वय दीपक बोहोराले ३४ रन र सुदीप बस्नेतले १८ रन बनाएका थिए। उनीहरूले ६१ रनको साझेदारी गरेका थिए।

हिमालय ह्वाइटहाउसको मध्यक्रम मैदानमा टिक्न सकेन। छैटौं नम्बरमा मैदान छिरेका सुमित   श्रेष्ठले २५ रन थपे। अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्। लिटल फ्लावरका बलर दीपक रोकाया र अनुराग सिंहले दुई÷दुई विकेट लिए। विपिन रावलले पनि एक विकेट हात पारे। लिटल फ्लावरका सुवास ऐर फाइनल खेलको म्यान अफ दी म्याच घोषित भए।

कात्तिक १६ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा हिमालय ह्वाइटहाउसका आरियो पौडेल म्यान अफ दी सिरिज घोषित भए। उनले १५ हजार रुपैयाँ पुरस्कार पाए। शारदा विद्या निकेतनका वीरेन्द्र नाथ सर्वोत्कृष्ट ब्याट्सम्यान, लिटल फ्लावरका दीपक रोकाया सर्वोत्कृष्ट बलर र लिटल फ्लावरकै अनुराग सिंह उदीयमान खेलाडी घोषित भए। उनीहरूले जनही पाँच हजार रुपैयाँ पुरस्कार पाए।

प्रतियोगिताका विजयी खेलाडीलाई निस्ट कलेजका संस्थापक प्रिन्सिपल माधव बरालले पुरस्कार वितरण गरे। प्रतियोगितामा देशभरबाट १२ वटा विद्यालयको सहभागिता रहेको जानकारी आयोजक संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले दिए। प्रतियोगिताको मुख्य प्रायोजक काठमाडौं लैनचौरस्थित निस्ट कलेज रहेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.